OnlinePana

आज : २०८३ जेठ ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पुर्णराज बुढा/ पातारासी,जेठ ६, २०८३जुम्ला
८४ पटक

पुर्णराज बुढा/ पातारासी जुम्ला,

जेठ ६ गते ।  जुम्लाको पातारासी गाउँपालिका पुर्णखोप सुनिश्चत तथा दिगाेपना गाउँपालिका घोषणा गरिएको छ ।  गाउँपालिकाले आवश्यक स्वास्थ्य सुचांक पुरा गरेपछि गाउँपालिकालाई पुर्णखोप घोषणा गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, गाउँपालिका अध्यक्ष पुर्णसिंह बोहरा, प्रमुख जिल्ला अधिकारी दिपक पाैडेल, गाउँपालिका उपाध्यक्ष जनमाया राेकाया, जिल्ला जनस्वास्थ्य प्रमुख किरण शर्मा सहित सराेकारवाला निकाय, स्वास्थ्यकर्मी र स्थानीयकाे उपस्थितिमा पालिकालाई पुर्णखाेप घाेषणा गरिएकाे हाे ।

पातारासी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रतन बुढ्थापाले प्रस्तुत गर्नु भएकाे प्रतिवेदन अनुसार पुर्णखाेप प्राप्त बालबालिकाकाे संख्या २४४ रहेकाे छ । उहाँका अनुसार ० देखि १५ बर्षका २३५ जना र १६ देखि २३ सम्मका २०८ जना बालबालिकाले खाेप लगाईरहेका छन् ।

प्रतिकृया दिनुहोस्