
जेठ ५ गते । मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकामा ऐतिहासिक ‘प्रथम छायाँनाथ ट्रेल अल्ट्रा रेस २०२६ सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना र अल नेपाल स्पोट्र्स फाउन्डेसनको सहकार्यमा जेष्ठ ३ गते आईतवार ३३ कि.मी.को रेस सम्पन्न भएको हो ।
आईतवार सञ्चालन भएको ३३ कि.मी.को उक्त रेसमा पुरुष तर्फ जुम्लाका धिर बहादुर बुढा र महिला तर्फ पनि जुम्लाकै सुनमाया बुढाले प्रथमको उपाधि जितेका छन् । यसैगरि पुरुष तर्फ क्रमश जुम्लाकै दल बहादुर बहादुर कुवर र चन्द्र रावतले दोस्रो र तेस्रो स्थान हासील गरेका छन् भने महिला तर्फको रेसमा सुनमायाकै बहिनी राममाया र अर्की जुम्लाकै कल्पना बुढाले तेस्रो स्थान प्राप्त गरेकी छन् ।
मुगुम कार्मारोङ गाउँपालिकाको आयोजना तथा अल नेपाल स्पोट्र्स फाउन्डेसनको सहकार्यमा सम्पन्न प्रतियो
गिताले हिमाली क्षेत्रमा साहसिक खेल पर्यटनको नयाँ सम्भावना देखाएको आयोजकले जनाएको छ । त्यहाँको किम्रीबाट सुरु भएको ३३ किलोमिटर दूरीको दौड छायानाथ, चिताइकुना हुँदै पुलुमा पुगेर सम्पन्न भएको थियो । धार्मिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण मानिने मार्गमा आयोजित प्रतियोगितामा १२ महिला र ३९ पुरुष गरी ५१ जना धावकले रेस पुरा गरेका थिए ।
प्रतियोगितामा पुरुष तर्फ प्रथम हुने धिरबहादुर बुढाले तिन घण्टा ५७ मिनेट २५ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै पुरुषतर्फ पहिलो स्थान हासिल गर्नु भएको छ । खेलाडि दलबहादुर कुँवर दोस्रो तथा चन्द्रबहादुर रावत तेस्रो बन्नु भएको छ । यसैगरी अर्जुन कुलुङ राई चौथो र रमेश लिम्बु पाँचौँ स्थान हाशिल गरेका छन् । महिलातर्फ सुनमाया बुढाले ५ घण्टा २५ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै उपाधि हात पानुभयो । आयोजकका अनुसार प्रतियोगितामा अन्तर्राष्ट्रिय स्तरका २३ जना खेलाडी सहभागी भएका थिए । प्रतियोगितामा एलिट, इन्टरमिडिएट, एड्भान्स र एक्सप्लोर वर्गका धावकहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो ।
प्राथमिक स्वास्थ्य उपचार तथा स्वास्थ्यकर्मी परिचालन :
यस प्रतियोगिताको रुटनेपालको उच्च क्षेत्र ४८२० मि.उचाई र हिउ समेत रहेकोले गाउँपालिका द्वारा विभिन्न स्थानमा ८ वडा ठाउँमा प्राथमिक उपचार देखि अक्सिजन सम्मका सामाग्रीहरु सहित चिकित्सक तथा स्वास्थ्य कर्मी परिचालन गरिएको स्वास्थ्य शाखा प्रमुख बलि बहादुर बुढाले बताउनु भयो । बुढाको नेतृत्वमा टिम खटिएको थियो । रेस अघि खेलाडीको स्वास्थ्य जाँच तथा उपचार समेत गरिएको थियो ।
प्रथमलाई दुईलाख पुरस्कार :
आयोजकका अनुसार नेपालका विभिन्न चर्चित रेसहरु एभरेस्ट, मञ्जुश्री, चाँगुनारायण, जुम्ला–रारा तथा रारा ट्रेल रनजस्ता प्रतिष्ठित प्रतियोगितामा सहभागी धावकहरू पनि यस रेसमा सहभागी भएका थिए ।
प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ , पुरुष तथा महिलातर्फ प्रथम हुनेले जनही दुई लाख रुपैयाँ, दोस्रो हुनेले एक लाख ५० हजार, तेस्रो हुनेले एक लाख, चौथो हुनेले ७५ हजार र पाँचौँ हुनेले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् र पुरुष तथा महिला दुवैमा १० जना भित्र पर्न सफल हुनेलाई मेडल सहित सम्मान गरिएको थियो ।
फन रेस पनि सम्पन्न :
तथा ४ गते स्थानिय खेलाडीहरुलाई प्रोत्साहित गर्न ५ कि.मी.को फन रन गरि दुवै खेल सम्पन्न पश्चात जेठ ४ गते उपाधि तथा विभिन्न विधाका पुरस्कार तथा सम्मान र विभिन्न कार्यकक्रम सहित सम्पन्न भएको छ । मुख्य अल्ट्रा रेससँगै स्थानीयस्तरमा पाँच किलोमिटर दूरीको ‘फन रन’ पनि सञ्चालन गरिएको छ । उक्त फन रनमा स्थानीय ध्रेरै जना युवायुवतीको सहभागिता रहेको थियो । छायाँनाथ धाम (एब्लाङ) केन्द्रित यस क्षेत्र प्राकृतिक सौन्दर्य, हिमाली भू–परिवेश र धार्मिक आस्थाको संगमका रूपमा परिचित छ । तर, पर्याप्त पूर्वाधार र प्रचारप्रसारको अभावले यसको सम्भावना पूर्ण रूपमा उजागर हुन नसकेको अवस्थामा यहाँका धेरै प्राकृतिक सम्पदाहरु ओझेलमा रहेका छन् ।
गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले यो रेसको परिकल्पना लामो समयको थियो अहिले सबैको सहयोगले सम्पन्न भएको बताउनु भयो । उहाँका छायानाथ क्षेत्रलाई धार्मिक तथा साहसिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । गाउँपालिका उपाध्यक्ष छिरिङ पुटि लामाले यस्ता कार्यक्रमले स्थानीय संस्कृति, प्राकृतिक सम्पदा र हिमाली जीवनशैलीलाई नेपालभरी तथा विश्वसामु चिनाउन सहयोग पुग्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको बताउनु भयो । उहाँले पहिलो पटकको ऐतिहासिक कार्यक्रममा सानातिना कमि कमजोरी रहेता पनि समग्रमा सफलता प्राप्त गरिएको बताउनु भयो । यद्यपी गाउँपालिकाको युवा जनशक्ति विदेशिने बढ्दो क्रम रहेको अवस्थामा भने यस आयोजनालाई व्यवस्थित गर्नका लागि थप रणनिती बनाउनु पर्ने स्थानिय बुद्धिजीवीहरुको सुझाव रहेको छ ।


तस्बिर : बलिराज बुढा कार्माराेङ मुगु।





