OnlinePana

आज : २०८३ बैशाख २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख २७, २०८३
४७ पटक

रमिला महत /जुम्ला,

वैशाख २७ गते । सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको उपाधि धीर बुढाले प्राप्त गर्नु भएको छ । शनिबार सम्पन्न प्रतियोगितामा जुम्लादेखि मुगुको रारातालसम्म ५४ किलोमिटर दौडमा जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ का बुढा पहिलो हुनु भएको हो । बुढा ६ घण्टा १२ मिनेटमा जुम्लाबाट रारामा पुग्नु भएको छ ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका होमबहादुर हमाल दोस्रो र गोपाल तामाङ तेस्रो भएको कर्णाली स्पोटर्स क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिनु भयो । यसैगरी महिलातर्फको दौडमा पातारासी गाउँपालिका कल्पना बुढा पहिला हुनु भएको छ । यसका साथै सुनसरी रोकाया दोस्रो र सन्ध्या बुढा तेस्रो हुनु भएका आयोजकले जनाएको छ । प्रथम स्थान हुने कल्पना बुढाले सात घण्टा सात मिनेटमा उक्त दरी पार गरेर प्रथम स्थान हाशिल गर्नु भएको हो ।

पहिलो हुने महिला पुरुष धावकलाई रु एक, एक लाख, दोस्रो हुनेलाई रु ७५ हजार, तेस्रो हुनेलाई रु ५० हजार, चौथो र पाँचौलाई समान रु २०–२० हजार पुरस्कारसहित प्रमाणपत्र र मेडल प्रदान गरिने भएको छ । प्रतियोगिताले कर्णालीको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना तथा स्थानीय खेल प्रतिभालाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वैशाखमा आयोजना गर्दै आएको छ ।
यसैगरी १० किलोमिटर दौडको पुरुषतर्फ वसन्त बुढा पहिलो, नवीन परियार दोस्रो र राज भण्डारी तेस्रो हुनु भएको छ । दश किलोमिटर महिलातर्फ सपना बुढा पहिलो, सुस्मिता भण्डारी दोस्रो र गौकली रावत तेस्रो हुनु भयो । । पाँच किलोमिटरको विद्यार्थीतर्फ निर्भु राना पहिलो, नरेश रावत दोस्रो र नमराज महतारा तेस्रो हुनु भएको छ । साथै पाँच किलोमिटर महिलातर्पm क्रितिना बुढा पहिलो, यमुना बुढा दोस्रो र खुसी बुढाथोकी मगर तेस्रो हुनु भयो ।

प्रतियोगितामा स्वदेश तथा विदेशी गरी ५१ धावकहरूले ५४ किमी दौडमा सहभागिता जनाएका र पाँच र १० किलोमिटरको दौडमा करिब एक हजार एक सय जना खेलाडी सहभागी भएको क्लबले जनाएको छ । पाँच र १० किलोमिटतर्फका विजेता खेलाडीलाई प्रमाणपत्र र पदक प्रदान गरियो भने ५४ किमीको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताका विजेता धावकलाई प्रमाणपत्र र मेडल बितरण गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्