OnlinePana

आज : २०८३ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख १०, २०८३
१९ पटक

१० बैशाख २०८३, बिहीबार

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी गरिएको छ ।

आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममार्फत महोत्सव निर्देशक चक्रबहादुर चन्दले चलचित्रको माध्यमबाट नेपाली चलचित्रको प्रवद्र्धन र विकाससँगै कर्णालीमा चलचित्र पर्यटनको संभावनालाई उजागर गर्ने एवं जलवायु परिवर्तनसम्बन्धी जनचेतना फैलाउने उद्देश्यका साथ तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ मार्फत नेपाललको कर्णाली क्षेत्रलाई केन्द्रबिन्दु बनाई सहरदेखि गाउँसम्म चलचित्र र पर्यटन जोड्न विविध गतिविधि सञ्चालन गछौं । यहाँ प्रचुर संभावना भएपनि पर्यटन विकास र चलचित्रसँग सम्बन्धित गतविधिहरु प्रायः शून्य छन् ।”

कर्णालीका अनगिन्ती कथा, जीवनशैली, भाषा, भेषभूषा, कला, संस्कृति, साहित्य, परम्परा र रितिरिवाजलाई संरक्षण र प्रवद्र्धनका लागि राज्यको भूमिका प्रायः शून्य रहेको स्थितिलाई मध्यनजर गर्दै जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र भन्ने अभियानका साथ कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियानको थालीन गरिएको निर्देशक चन्दले बताउनुभयो ।

साहित्यकार, लेखक तथा महोत्सवका सल्लाहकार महेन्द्र मल्लले कर्णालीका लुकेका कथालाई उजागर गर्ने उद्देश्यले चलचित्र कथा प्रतियोगिताको घोषणा गरी विज्ञहरुबाट कथा छनोट कार्य भइरहेको बताउनुभयो । उहाँले कर्णालीको मौलिकता झल्कने, कल्पनामा नभई यथार्थतामा आधारित कथाहरुलाई प्राथमिकतामा राखेर छनोट गरिने र उत्कृष्ट कथा लेखन लागि रु.एक लाख राशी प्रदान गरिने जनाउनुभयो ।

खासगरी पर्यटन प्रवद्र्धन, साँस्कृतिक उजागर, सामाजिक रुपान्तरण, आर्थिक समृद्धि, अन्तर्राष्टिय पहिचान, सिनेमाको पहुँच वृद्धि गर्न र कर्णालीलाई चलचित्र पर्यटन तथा छायाङ्कनको हब बनाउन चलचित्र छायाङ्कन गर्न आउने स्थिति निर्माण गर्न यो महोत्सवले ठूलो योगदान दिने अपेक्षा गरिएको छ । सुर्खेतबाट शुभारम्भ गरिएको महोत्सव सल्यानको कुपिण्डे ताल, रुकुमपश्चिम, जाजरकोट, दैलेख हुँदै जुम्लामा पुगेर समापन गरिने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्