OnlinePana

आज : २०८२ माघ १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ १५, २०८२
७७ पटक

रमिला महत, जुम्ला ।

माघ १५ गते । जुम्लामा निर्वाचन आचारसहिँता २०८२ बिषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । फागुन २१ गतेको निर्वाचनका लागि माघ १ गते मनोनयन दर्ता भएयता उम्मेदवारहरु प्रचारमा हिडिरहेका छन् ।

निर्वाचनलाई स्वच्छ, भयरहित र स्वतन्त्र बनाउने उद्देश्यका साथ मुख्य निर्वाचन कार्यालयले आचाँरसहिँताका बिषयमा अन्तरक्रिया गरेको हो । अन्तरक्रियामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसहिँता २०८२ को बिषयमा जानकारी गराएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाले निर्वाचन आचाँरसहिँता कस्ता व्यक्ति र निकायलाई लागु हुने पालना नगरे जरिमाना हुने, नहुने बिषयमा सहजीकरण गर्नुभयो । उहाँले राजजनैतिकदल, जनप्रतिनिधि, सरकारी कर्मचारी, सुरक्षाकर्मी, पत्रकारका बिषयमा आँचार सहिँताका बिषयमा समेटिएका प्रावधानका बिषयमा जानकारी गर्नुभयो । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीस आनन्दराज पन्तले मुख्य निर्वाचन कार्यालयले हाल सम्म गरेका कामको आचाँर सहिँता सवैले पालना गरेर जुम्ला स्वच्छ, भयरहित र स्वतन्त्र निर्वाचनमा सघाउनु हुनेमा विश्वास लागेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले शान्ति सुरक्षाको सवालमा राजनैतिकदल र आम मतदाताले सघाउन अनुरोध गर्नुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मनोनयन दर्ता देखी प्रचार प्रसार, मतदान, मतगणनाका सवालमा लागु हुने आचाँरसहिताको बिषयमा जानकारी गराएको छ ।

अन्तरक्रियामा विभिन्न राजनैतिक दल र सरोकारवाला निकायले प्रमुख तथा प्रतिनिधिले सुझाब दिएका छन् । नेकपा एमालेका उम्मेदवार शान्तिलाल महतले साहार्दपुर्ण तरिकाले निर्वाचन सम्पन्न आफ्नो प्रतिवद्धता रहेको बताउनु भयो । नेमकिपाका उम्मेदवार, नेपाली कम्युनिष्टपार्टीका नेता राजकुमार शाही साहसीले युट्युब र भ्लगको निगरानी गर्नुपर्ने बताउनुभयो । उहाँले उस्तै परे बैंक खाता समेत जाँच गर्नुपर्ने सुझाव दिनुभयो, बिर्खबहादुुर रावतले आँचार सहिँता पालना गरेर अगाडि बढ्नुपर्ने र आयोगले निगरानी गर्नुपर्ने सुझाव दिनुभयो ।

उनिहरुले आचाँरसहिता पालना गर्न प्रतिवद्ध जनाएका छन् । जुम्लामा अहिले चुनावी प्रचार तिब्र भईरहेको छ । नेपाली कांग्रेसका तर्फबाट पुर्वसभापति दिपबहादुर शाही, नेकपा एमालेबाट जिल्ला अध्यक्ष शान्तिलाल महत, नेपाली कम्युनिष्ट पार्टीबाट संविधानसभा सदस्य तथा कर्णालीका पुर्व आन्तरिक मामिला मन्त्री नरेश भण्डारी, राप्रपाका प्रवक्ता तथा विगठित प्रतिनिधिसभा सांसद ज्ञानबहादुर शाही, रास्वपाका केन्द्रीय नेतृ तथा बिगठित प्रतिनिधिसभा सांसद विनिता कठायतको उम्मेदवारी परेको छ । यसैगरी नेपाल मजदुर किसानपार्टीको तर्फबाट बिर्षबहादुर रावत, बिप्लव नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (माओवादी) का तर्फबाट बिर्खबहादुर शाही, जनमत पार्टीका तर्फबाट रनिल बिक्रम शाहीले उम्मेदवारी दिएका छन् । यसैगरी भक्तबहादुर रावलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

क्याप्सन :जुम्लामा निर्वाचन आँचारसहिँता बिषयमा अन्तरक्रिया तस्बिर नेत्र शाही, जुम्ला ।

प्रतिकृया दिनुहोस्