OnlinePana

आज : २०८२ माघ १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ १४, २०८२
११४ पटक

पुर्णराज बुढा/  पातारासी जुम्ला,

माघ १२ गते । प्रतिनिधिसभा उम्मेदवार नरेश भण्डारीले जुम्ला उज्यालो बनाउने, बत्तिमा आत्म निर्भर बनाउने चुकेनी जलविधुत र यसको आगनमा रहेको गढि गाउँ, पातारासी गाउँपालिकालाई बिजुलीको दाता भनेका छन् ।

गढि गाउँ पुगेका भण्डारीले जनतालाई चुकेनी जलविधुत कसरी सफल भयो भन्ने बिषयमा समेत जानकारी गराउनु भएको छ । संविधानसभा सदस्य समेत रहेका भण्डारीले कुनै कामले गढि गाउँमा बास बस्ने अवसर मिलेको र खोलो तरेर जादा यस खोलाको पानीको करेन्टलाई विधुतको सम्भावना देखेर बिजुली निकाल्न सकिन्छ भन्ने मन्थन भयो र काम अगाडि बढेको जानकारी दिनुभयो ।

उहाँले आफुले देखेको सपना उज्यालोमा परिणत हुदा आज खुशी लागेको बताउनुभयो । पातारासी गाउँपालिकाको उक्त गढि गाउँबाट उत्पादन भएको ९९८ किलोवाटको बिजुलीले अहिले जुम्लाको सदरमुकाम सहित धेरै गाउँ उज्यालिएका छन् । मन्त्री भण्डारीले यस्तै कामका लागि जनताले यस पटक आफुलाई मत दिन गढिगाउँबाट अपिल गर्नुभयो । भण्डारीले कर्णाली प्रदेश खस सस्कृतिको मुहान र नेपाली भाषाको उद्गम स्थल भएकाले सास्कृति राजधानीको बहश शुरु गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले साना तिना बजेट माग्ने मात्र नभई कानुन मार्फत राज्यलाई कर्णाली केन्द्रीत विकास गर्न वाध्य बनाउने कानुन बनाउने एजेण्डा प्रस्तुत गर्नुभयो । उहाँले सिंजा सभ्यता विकास प्रतिष्ठान विधेयकको अभिायन अगाडि बढाउने, तिलामा ७२ मेघावाटको बिजुली उत्पादन देखी विभिन्न कामहरु वाँकी रहेकोमा फागुन २१ गतेको निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीमा भोट हाल्न अनुरोध गर्नुभयो । नरेश भण्डारी जुम्ला उज्यालो दिने उक्त चुकेनी विधुतका परिकल्पनाकार समेत हुन ।

प्रतिकृया दिनुहोस्