OnlinePana

आज : २०८२ मंसिर २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर २१, २०८२
६३ पटक

नेत्र शाही/जुम्ला,

मंसिर २० गते । पूर्व सभामुख अन्सरी घर्तिले समयको माग सँगै राज्यका कानून परिवर्तन हुदै जानुपर्ने बताउनुभएको छ ।
१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान चलिरहेको समयमा मास्र्कवादी ज्ञान केन्द्रले आयोजना गरेको अन्लाईन छलफल कार्यक्रममा पूर्वसभामुख घर्तिले आधुनिकतालाई समेटने, छुटेका बर्ग, समाज प्रतिनिधित्व हुने गरि कानून संशोधन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

उहाँले राज्यले जव संविधान २०७२ मा यो व्यवस्था गर्यो । यसमा त्यति धेरै कमजोर छैन । तर संविधान असंशोधनीय भन्ने छैन् । उहाँका अनुसार समयले परिवर्तन गर्दै जान्छ । परिवर्तन केही गर्नुपर्छ भन्नु बुझ्नुपछ, । अव नेपालले सवै कुरा खुला गरेको छ । तर आधुनिकतालाई सही प्रयोग गर्ने कानून वन्न आवश्यक रहेको छ । यसमा सवै नागरिक अभियान्ताले जोड दिन आवश्यक रहेको छ ।

पूर्वसभामुख घर्तिले मुख्य कुरा राज्यले कसरी कानून बनाउछ भन्ने कुराले फरक पर्छ । राज्यले निति निर्माण गर्ने हो । राज्यले गर्ने कुरा प्रमुख भएकाले राज्यलेनै जोड दिनुपर्छ । अभियानताले अभियान चलाईरहनु भएको छ । हामी नजिक छौ । उहाँले समाजमा सवै प्रकारका हिंसा कम गर्न शिक्षा र जनचेतानै महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।

उहाँले हाम्रो संविधानमा जे कुरा छ, मौलिक हक अन्तरगत विश्वका धेरै देश भन्दा हामी अगाडि छौ । मानव अधिकारका कानूनको पक्षराष्ट्र हामी हौ । मलाई संविधानमा यसको व्यवस्थाका साथै कार्यान्वयन महत्वपूर्ण लाग्छ । संविधान बनाउदा आफुलाई संविधान बनाउदा गहन छलफल भएको थियो । केही कुरा छुटे पनि अव यस्तो विभेद हुदैन होला जस्तो लाग्थ्यो । आफु कानून बनाउने चरणमा सभामुख भए, एक सय बढि कानून बनायौ । तर निकै चुनौति भयो । त्यसमा पनि स्वार्थ समुह र खेल हुदो रहेछ भन्ने अनुभव सुनाउनुभयो ।

महिला सासदको ककस बनायौ :
उहाँले संविधान वनाउनेवेलामा महिलाहरुको ककस बनाएर अगाडि बढायौ । महिला माननीयहरुलाई हामीले भन्यौ, तपाईहरु संविधान बनाउन जसरी अगाडि बढ्नुहोस । हामी पनि बन्नुपर्छ भनेर छुट्टै विट बनाएर पनि बढ्यौ ।
उहाँका अनुसार कानून त बनायौ, कार्यान्वयनमा चुनौति अझै देखियो । अहिले पनि महिलामाथी हिंसा रहेको छ । कार्यान्वयनमा पनि भिन्ने समस्या छन् । आमाको नामको नागरिकता बनाउन पनि कुरा भयो । यसमा पनि कठिन रहेको छ ।
त्यसैले निर्णायक राज्य हो तर पनि हामी सवै एक सहयोगी हौ । मुस्कान र एन्जिलले उठाएको कुरा राज्यले पाठ्यक्रममा ध्यान दिन जरुरी रहेको उहाँले प्रतिवद्धता जनाउनुभयो । भर्चुअल डिस्कर्समा अभिायनता मुस्कान खातुङ र लैगिक तथा यौनिक अल्प संख्यक अभियानता एनजेल लामाले दिएको सुझाव निकै महत्वपूर्ण रहेको बताउदै
पाठ्यक्रममा लैगिक हिंसा विरुद्धको बिषय व्यापक सुधार गर्न आवश्यक रहेको छ । महिला हिंसा र यौनिक अल्पसंख्यकको कुरा विद्यालयको पाठ्यक्रममा समेटिएर जाने कुरामा जोड दिनुपर्छ ।  उहाँले मुस्कान खातुङ जस्तो लिडर अव नेपाली कम्यूनिष्ट पार्टीले राजनितिमा सहभागि हुनुभयो । उहाँहरुले नै यसको नेतृत्व लिनुपर्छ । सुधार्नुपर्ने कुरा सुधारेर अव सवै नागरिक वराबर भएर बाच्ने कुरामा जोड दिनुपर्छ । समानुपातिक भित्र पनि क्षेत्र र समुदाय पनि जोड दिन आवश्यक रहेको छ ।

भचुअल छलफलमा माक्र्सवादी ज्ञान केन्द्रका बरिष्ठ उपाध्यक्ष ईन्द्रराज भट्टराईले १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको ईतिहास, नेपालमा हिंसाको अवस्था, हिंसाका प्रकार, हिंसाका सरकारी तथ्यांक, ईन्टरनेट, सामाजिक संजाल र साईवर अपराध, वालवालिका माथीको अनलाईन हिंसा लगायतका विभिन्न बिषयमा प्रस्तुतिकरण गर्नुभएको छ । छलफलमा मुस्कान खातुङ, एन्जल लामाले वक्ताको रुपमा आफ्नो धारणा तथा सुझाव राख्नु भएको छ ।

प्रतिकृया दिनुहोस्