OnlinePana

आज : २०८२ भाद्र ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र ४, २०८२
१३ पटक

४ भदौ २०८२, बुधबार

सुर्खेतः कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश अस्पताल सुर्खेतको निर्देशकमा डा.गणेश थापालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज वीरेन्द्रनगरमा बसेको मन्त्रिपरिषद् बैठकले अस्पतालको रिक्त रहेको निर्देशक पदमा डा.थापालाई नियुक्त गर्ने निर्णय गरेको हो । त्यसैगरीm बैठकले यस अघि संघीय सरकारबाट प्रदेश मन्त्रालयका सचिवको रुपमा सरुवा भई आउने कर्मचारीहरुलाई मुख्यमन्त्री कँडेलले आवश्यकताका आधारमा मन्त्रालयमा खटाउने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनोदकुमार शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार अब संघ सरकारले सचिवहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउँछ । पठाएका सचिवलाई सम्वन्धित मन्त्रालयमा खटाउने अधिकार मुख्यमन्त्रीलाई अधिकार प्रत्यायोजित गरी सो सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छ ।

उक्त बैठकले उच्च मूल्य कृषिवस्तु उत्थानशिल कार्यक्रमको अस्थायी सांगठनिक कर्मचारी संरचना स्वीकृत गरेको जनाउँदै प्रवक्ता शाहले परियोजना आइफर्ट र एडिबी, संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा सात वर्ष अवधि राखेर कर्णाली प्रदेशका ३१ पालिकामा सञ्चालन हुने बताउनुभयो । उहाँका अनुसार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगत रहेर कार्यान्वयन हुने यो परियोजनामा मन्त्रालय आफैले स्थायी कर्मचारी खटाउँछ । करिडोर कार्यालय जुम्ला र जाजरकोटमा रहने यो परियोजनाको मुख्य कार्यालय वीरेन्द्रनगरमा हुने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्