OnlinePana

आज : २०८२ आश्विन २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र ४, २०८२
१५५ पटक

४ भदौ २०८२, बुधबार

सुर्खेतः पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील हुँदै आएका कर्णाली प्रदेशका सातजना पत्रकारलाई प्रदेश सरकारले पुरस्कृत गरेको छ ।

‘कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस २०८२’ को अवसरमा आज आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेश सुर्खेत वीरेन्द्रनगरमा आयोजित मूल समारोहमा पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील रही व्यवसायिक पत्रकारिताको माध्यमबाट कर्णाली प्रदेशको विकास र समृद्धि, एवं नागरिकलाई सुसूचित गर्न महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रदेश सरकारले सात पत्रकारहरुलाई पुरस्कार प्रदान गरेको हो ।

रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतमा कार्यरत कालीकोटका प्रेम सिम्खडालाई रु.७५ हजार राशीसहित ‘कर्णाली प्रादेशिक पत्रकारिता पुरस्कार’ र बिबिसीमा कार्यरत जाजरकोट निवासी प्रकाश पन्तलाई प्रदेश सरकारले रु.५० हजार राशीसहित प्रदेश सरकारले ‘कर्णाली वर्ष उत्कृष्ट पुरस्कार’ प्रदान गरेको छ ।

त्यसैगरी, राष्ट्रिय समाचार समिति (रासस) कर्णाली प्रदेशमा कार्यरत स्थानीय समाचारदाता हेमन्त केसी रु.३५ हजार राशीसहित ‘कर्णाली सशक्त सञ्चारकर्मी पत्रकारिता’ पुरस्कारबाट पुरस्कृत हुनुभएको हो । सिलापत्र डकटम सुर्खेतमा कार्यरत ओमबहादुर शाही र गोरखापत्र हुम्ला समाचारदाता राजन रावत रावतलाई जनही रु.३५ हजार राशीसहित ‘कर्णाली विकास पत्रकारिताा’ पुरस्कार प्रदान गरिएको छ ।

त्यस्तै, जनही रु.३५ हजार राशीसहित रेडियो कर्णाली एफएम जुम्लामा कार्यरत नौरते नेपाली र नेपाल समाचारपत्र सुर्खेतमा कार्यरत सिर्जना बुढाथोकी (डाँगी)लाई ‘कर्णाली समावेशी पत्रकारिता’ पुरस्कारबाट पुरस्कृत गरिएको छ । कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले पुरस्कार प्रदान गर्नुभयो ।

विभिन्न विधाबाट पुरस्कृत पत्रकारहरुलाई बधाई ज्ञापन गर्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको विकास, समृद्धि, सुशासन कायम गर्न र नागरिकहरुको जीवनस्तर माथि उठाउनेतर्फ आफूलाई सक्रिय राख्नु अनुरोध गर्नुभयो । तथ्यमा रहेर रहेर गरिने निष्पक्ष पत्रकारिताले सबै सरोकारवालाहरुलाई जिम्मेवारी बनाउने भन्दै उहाँले सबै क्षेत्रको साझा प्रयासबाट सरकारले लिएर अपेक्षित लक्ष्य पुरा हुने जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्