OnlinePana

आज : २०८२ भाद्र ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन ३२, २०८२
१३२ पटक

जुम्ला/ साउन ३० गते । जुम्ला हिमा गाउँपालिका ३ निवासी १७ बर्षिय डिकेस नाथ योगीको मुत्यू तथा सल्यक्रियाको बिषयमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ ।

आफन्तले १७ बर्षिय डिकेसको सल्यक्रियामा चिकित्सकले लापरवाही गरेका कारण मृत्यू हुन पुगेको भन्दै छानविन तथा राहातका तथा क्षेतिपुर्ति माग गर्दै पिडित र आफन्त आन्दोलनमा उत्रिएका थिए । जिल्ला प्रशासन कार्यालयमा बसेको पिडित परिवार, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, स्थानीय प्रशासन सहित सरोकारवाला निकाय र व्यक्ति उपस्थित वैठकले २ वटा निर्णय गरेको छ ।

छलफल बैठकले मृतक डिकेसनाथ योगीको परिवारलाई राहात एवं समग्र उपचार व्यवस्थापनको बिषयमा सात सदस्यीय छानविन समिति गठन गरिएको छ । यसैगरी गरि समितिको सदस्यमा बद्रिनाथ योगी, डाक्टर बिनम्र बिष्ट, पूर्ण प्रसाद चौलागाई, रतननाथ योगी, बिष्णु बहादुर महत र सदस्य सचिवमा जिल्ला प्रशासन कार्यालयका अधिकृत मिनबहादुर रावल रहेका छन् । यसैगरी ३ दिन भित्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका उपकुलपति जुम्ला आएपछि तिन दिनभित्र राहात उपलब्धताका लागि पहल गर्ने निर्णय भएको छ ।
आफन्तले बुझेनन शव :
यता मृतक डिकेसको शव भने आफन्तले वुझेका छैनन । अस्पतालको सर्जरीवार्डमा उपचारमा रहेको अवस्थामा उनको मृत्यू भएको थियो । गत जेठ २५ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार गर्न आएका डिकेसको एपेण्डिसाईसिको सल्यक्रिया साथै आन्द्राको सल्यक्रिया गरिएको थियो । सल्यक्रिया सफल नभएपछि विरामी नेपालगंज गई पुन जुम्ला फर्किएका थिए ।

डिकेसको वुवा जगतनाथ योगीका अनुसार विना सल्लाह पुरै आन्द्रा काटिएकाले छोराको ज्यान गएको छ । तर सल्यक्रियामा सहभागि डाक्टर निर्मल थापाका अनुसार आन्द्रा उल्टो र कालो भईसकेकाले सल्यक्रिय गर्ने पर्ने थियो । डिकेसको उपचार असफल भएपछि झण्डै २ महिना सम्म टिपिएनबाट खाना खुवाउदै आएको थियो । शनिवार विहान डिकेसको मृत्यू भएपछि आफन्तहरु आन्दोलित भएका छन् ।

क्याप्सन : डिकेनाथ योगीको मृत्य पछि कर्णाली प्रतिष्ठानमा आन्दोलित आफन्त तस्बिर नेत्र शाही ।

 

प्रतिकृया दिनुहोस्