काठमाडौँ, जेठ १५ गते । नेपाल सरकारले आर्थिक वर्ष २०७७र७८ को वार्षिक बजेट बिहीबार सङ्घीय संसद्मा प्रस्तुत गर्दैछ । सरकारका तर्फबाट अर्थमन्त्री डा। युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुहुनेछ ।
अपराह्न ४ बजे बजेट प्रस्तुत हुने बैठकका लागि संसद् सचिवालयले दुवै सदनका सदस्यहरूलाई सूचित गरिसकेको छ । दिउँसो ३ः४५ मा बैठक कक्षमा प्रवेश गरिसक्न पनि सचिवालयले आग्रह गरेको छ । सरकारको नयाँ आर्थिक वर्षको आय र व्ययको विवरण बजेट जेठ १५ गते संसद्को संयुक्त सदनमा प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ ।
सरकारले योपटक कोरोना भाइरस रोग ९कोभिड–१९० जोखिमले पारेको बहुपक्षीय असर न्यूनीकरणका लागि बजेट केन्द्रित गर्दैछ । न्यूनतम आर्थिक क्रियाकलापको सञ्चालन र कोरोना महामारीको असरबाट बच्न बजेट केन्द्रित हुने यसअघि नै अर्थमन्त्री डा। खतिवडाले सदनमा जानकारी दिइसक्नुभएको छ । रोजगारी सिर्जना, स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माण तथा सुदृढीकरणलाई मूल प्राथमिकतामा राखेर बजेट तयारी गरिएको छ । रोजगारीका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको स्वरूप बदल्ने यसअघि नीति तथा कार्यक्रममा नै उल्लेख गरिएको छ ।
प्रिबजेट छलफलका क्रममा सांसदहरूले भने कृषि, स्वास्थ्य, शिक्षा र पर्यटन क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् । रोजगारी सिर्जना गर्ने कार्यक्रमसहित त्यस्ता क्षेत्रमा लगानी बढाउन उहाँहरूको सुझाव छ । बिहीबार सदनमा प्रस्तुत हुने बजेट २६ गतेसम्म पारित गरिसक्ने तयारी संसद् सचिवालयको छ ।
जेठ १८ बाट बजेटको सैद्धान्तिक छलफल प्रारम्भ हुनेछ । दुई दिन सैद्धान्तिक छलफल गराउने तयारी छ । लगत्तै प्रचलित कार्यविधिलाई छोट्याएर जेठ २१ वा २२ गतेबाट मन्त्रालयगत छलफल सुरु गर्ने तयारी छ । ढिलामा पनि जेठ २६ गतेसम्म विनियोजन पारित गर्ने तयारी सचिवालयको छ ।
गोरखापत्र अनलाइन
कोरपाटी संवाददाताजेठ १५, २०७७काठमाडौं
९८१ पटक
- प्रदेश (क) माओवादी नेतृत्वका जनप्रतिधिको एकैसाथ प्रगति सार्वजनिक
- रास्वपालाई जनताको ईन्द्रेणी बनाउँछौंः संयोजक थानी
- कर्णालीमा फुटवलको जनशक्ति उत्पादन गर्न ‘यौद्धा फुटबल एकेडमी,
- २० लाख मुनिको ऋण मिनाह गरिदिने दुर्गा प्रसाईको आश्वासन
- विधुत लाईन परीक्षण सम्बन्धी अन्यन्त जरुरी सूचना
- माओवादीको आठ स्थानीय तहमा वैठक तथा प्रशिक्षण सम्पन्न
- शिक्षा, समाज र भविष्य
- जुम्लामा कृषि पर्यटन सास्कृतिक व्यापार महोत्सव हुने
- सार्वजनिक शिक्षा सुधारका लागि दश जिल्लाका तेह्र विद्यालय छनोट
- प्रदेश प्रमुखद्वारा मुख्यमन्त्री पद दावी गर्न आह्वान