OnlinePana

आज : २०८२ जेठ २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ २७, २०८२
१६ पटक

२६ जेठ २०८२, सोमबार

सुर्खेतः प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगन भएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौं अधिवेशनको आज बसेको तेह्रौं बैठकमा बोल्दै माओवादी केन्द्रका प्रदेशसभा सदस्य सांसद बिन्दमान बिष्टले योजना बैँकमा योजना प्रविष्ट गर्ने विधि गलत भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “योजना मागियो, अनुसूची भर्न लगाइयो तर अहिले ती योजना योजना बैंकमा छैन भन्ने सुनियो । योजना बैंकमा केका आधारमा योजना प्रविष्ट गरियो ? सरकारले यसको जवाफ दिनुपर्दछ ।”

उहाँका अनुसार जिल्लाबाट ज्येष्ठ प्रदेशसभा सदस्यको नेतृत्वमा सिफारिस गरिएका वा जिल्ला कार्यालयहरुले पूर्व संभाव्यता हेरेर योजना बनाउने भनिएको थियो । के ती योजना लागत, प्रतिफल, र दीर्घकालीन प्रभावका आधारमा योजना बैंकमा प्रविष्ट गरिएको हो ? संभाव्यता अध्ययन गरेर मात्र ती योजनाहरु योजना बैंकमा राख्नुपर्दछ ।

सहि थिति बसाल्ने गरी विधि अनुसार योजनाहरु योजना बैंकमा समावेश नभएको भन्ने विषयको चित्तबुझ्दो जवाफ सरकारले नदिएसम्म सदन चल्न नसक्ने चेतावनी सदस्य विष्टले दिएपश्चात् प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले बैठक अवरोध गरेका थिए । सभाको काम कारवाही अवरुद्ध भएपछि सभामुख नन्दा गुरुङले बैठक आधा घण्टाका लागि स्थगन गर्नुभयो ।

प्रतिकृया दिनुहोस्