OnlinePana

आज : २०८३ जेठ २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ २२, २०८२
३४५ पटक

२१ जेठ २०८२, बुधबार

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८÷०८३ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौं अधिवेशनको आज बस्ने नवौं बैठकमा सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले कर्णाली सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता नेत्र कार्कीले जानकारी दिनुभयो ।

प्रदेश प्रमुख यज्ञराज जोशी एक साता अघि उपचारका लागि अमेरिका जानु भएकोले सुदूरपश्चिम प्रदेशका प्रमुख मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने उहाँले बताउनुभयो । बैठक आज दिउसो ३ः०० बजे बस्ने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्