OnlinePana

आज : २०८१ माघ २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २२, २०८१सुर्खेत
५ पटक

२२ माघ २०८१, मंगलबार

राष्ट्रिय खोप कार्यक्रमअन्तरगत कर्णालीमा आजबाट एचपिभि खोप अभियान–२०८१ शुभारम्भ भएको छ ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सुर्खेत लेकबेशी नगरपलिका ४ दशरथपुरस्थित आज श्री जीवनज्योति माध्यमिक विद्यालयमा खोप अभियान शुभारम्भ गर्नुभएको हो । शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले धन र ज्यान दुवै गुमाउने अवस्थाबाट सुधार हुने क्रमको शुभारम्भ भएको बताउनुभयो ।

“स्वास्थ्यका कारण नागरिकले पीडा महसुस हुन नदिन प्रदेश सरकार गम्भीर भइरहेको छ,” उहाँले भन्नुभयो, “त्यसमा अपाङ्गता भएका व्यक्तिहरुको बीमा उपचारसँगै थप ५० प्रतिशत सहुलियत गर्ने योजना रहेको छ । दीर्घ रोग उपचारका लागि समेत सरकारको योजना निर्माण हुँदैछ ।” प्रदेश तथा मेहेलकुना अस्पताललाई व्यवस्थित र सुविधा सम्पन्न बनाउने गरी अगाडि बढिएको मन्त्री भण्डारीको भनाई थियो ।

आजदेखि सुरु भएको खोप अभियानमा कक्षा ६–१० सम्म अध्यनरत विद्यार्थी र १० देखि १४ वर्ष उमेर समूहका विद्यालय नजाने किशोरीहरुलाई खोप लगाइनेछ । देशभरबाट १६ लाख ८८ हजार किशोरी मध्य कर्णाली प्रदेशभर करिब एक लाख २० हजार किशोरीलाई एचपिभि खोप लगाउने लक्ष्य राखिएको छ ।

प्रतिकृया दिनुहोस्