OnlinePana

आज : २०८३ जेठ २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २२, २०८१सुर्खेत
३७१ पटक

२२ माघ २०८१, मंगलबार

राष्ट्रिय खोप कार्यक्रमअन्तरगत कर्णालीमा आजबाट एचपिभि खोप अभियान–२०८१ शुभारम्भ भएको छ ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सुर्खेत लेकबेशी नगरपलिका ४ दशरथपुरस्थित आज श्री जीवनज्योति माध्यमिक विद्यालयमा खोप अभियान शुभारम्भ गर्नुभएको हो । शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले धन र ज्यान दुवै गुमाउने अवस्थाबाट सुधार हुने क्रमको शुभारम्भ भएको बताउनुभयो ।

“स्वास्थ्यका कारण नागरिकले पीडा महसुस हुन नदिन प्रदेश सरकार गम्भीर भइरहेको छ,” उहाँले भन्नुभयो, “त्यसमा अपाङ्गता भएका व्यक्तिहरुको बीमा उपचारसँगै थप ५० प्रतिशत सहुलियत गर्ने योजना रहेको छ । दीर्घ रोग उपचारका लागि समेत सरकारको योजना निर्माण हुँदैछ ।” प्रदेश तथा मेहेलकुना अस्पताललाई व्यवस्थित र सुविधा सम्पन्न बनाउने गरी अगाडि बढिएको मन्त्री भण्डारीको भनाई थियो ।

आजदेखि सुरु भएको खोप अभियानमा कक्षा ६–१० सम्म अध्यनरत विद्यार्थी र १० देखि १४ वर्ष उमेर समूहका विद्यालय नजाने किशोरीहरुलाई खोप लगाइनेछ । देशभरबाट १६ लाख ८८ हजार किशोरी मध्य कर्णाली प्रदेशभर करिब एक लाख २० हजार किशोरीलाई एचपिभि खोप लगाउने लक्ष्य राखिएको छ ।

प्रतिकृया दिनुहोस्