OnlinePana

आज : २०८१ माघ १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,माघ ११, २०८१जुम्ला,
१०५ पटक

जुम्ला, माघ ११ गते ।

कुनै वेला विधुतको अभावमा अध्यारो खेपिरहेको जुम्लाको सदरमुकाम जुम्ला अहिले उज्यालिएको छ । यहाँको पातारासी गाउँपालिका स्थित चुकेनी खोलाबाट स्थानीय स्तरको ९९८ (एक मेघावाटको) किलोबाटको विधुतले उज्यालो मात्रै होईन जुम्ला सदरमुकाममा सहज भएको छ ।

यस पातारासी गाउँपालिका वडा नं १ मा निर्मित उक्त चुकेनी खोलाले जुम्ला सदरमुकाम सहित जिल्लाका सहायक बजारहरुमा समेत चुकेनीको विधुत पुग्न थालेको छ । चुकेनीको विधुत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र एशियाली विकास वैकको आर्थिक सहयोग स्थानिय जनता, गाउँपालिकाको स्वलगानी, कृषि विकास वैकको ऋण लगानी तथा संयुतm राष्ट्र संघिय विकास कार्यक्रम अन्र्तगतको ग्रामिण जिविकोपार्जनका लागी नविकरणीय ऊर्जा कार्यक्रमको प्राविधिक सहयोगमा सम्पन्न भएपछि पातारासीका लासी, तल्फि, चौर, उर्थु सहित जुम्ला खलङ्गा क्षेत्रका घरधुरीले गुणस्तरको बिद्युत सेवा पाएका छन । यो विधुतमा पातारासी गाउँपालिकाका ३३ सय नागरिकको सेयर लगानी छ ।

अहिले जुम्ला बजार झिलिमिली भएपछि गुणस्तरको बिद्युत सेवा २४ घण्टानै पाएकाले यहाँका बासिन्दाहरु खुसी भएका छन । उहाँहरुको विद्युतको प्रयोग क्षमता पनि वढ्दै गएको छ । जुम्लाको कठ्याङ्ग्रिदो चिसोमा सरकारी कार्यालय तथा स्थानीयको घरमा ईलेक्ट्रोनिक सामाग्रहरुले पानी तताउने, हिटरले न्यानो गर्ने काम बढिरहेको छ ।

सो विधुतमा लगानी गर्ने मध्यको वैकल्पिक उर्जा प्रर्वधन केन्द्र ग्रामिण जिविकोपार्जनका लागी नविकरणीय ऊर्जा कार्यक्रमका कलष्टर संयोजक पृथ्वीबहादुर शाहीका अनुसार चुकेनीको विधुतले अहिले जुम्लामा गुणस्तर बत्ति प्रवाह भएको जानकारी दिनुभयो । उहाँका अनुसार चुकेनीखोला विधुत सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको उक्त विधुत आयोजनाको २०८१ साल बैशाख १८ गते नेपाल विधुत प्राधिकरण सँगको सम्झौता पछि जुम्ला बजार क्षेत्रमा १८० किलोवाटबाट बिद्युत सेवा प्रवाह शुरु गरिएको थियो । हाल बिद्युत सेवा बढ्दै गएर बजार सहित यस क्षेत्रका बिद्यालय, स्वास्थ्यचौकी, होटल ब्यवस्याहरु, स—साना उद्योग व्यवसायहरुका स्टोवरमा भएका बिद्युतिय सामाग्रीहरु पनि सन्चालनमा आएका पाईन्छन् । उहाँका अनुसार यसैगरी नयाँ उद्योग तथा ब्यवसायहरु समेत सन्चालन गर्न अहिले सजिलो भएको छ ।

चन्दननाथ नगरपालिका वडा नम्बर ६ मा रहेको कुलदेव फनिचरका सञ्चालक हरि बहादुर वि.क का अनुसार दिन भर डिजेल प्रयोग गरी कार्य गर्दा ग्रहाकलाई केहि महङगो पर्दथ्यो । अहिले दर रेटमा समेत आफुले केहि हेरफेर गरेको समेत बताउँछन । चन्दननाथ नगरपालिका २ स्थित सन्देस एण्ड पाउरोटी उद्योग मालिक रविना बुढा मगर भन्नु हुन्छ । पहिला विधुत मासिक १२ हजारको डिजेल लाग्थ्थो अहिले ४ हजार मात्र महशुल तिर्ने गरेको बताउनु भयो । बैकल्पिक उर्जा केन्द्रका संयोजक शाहीले हाल चुकेनी खोलाको खपत हाल पिक समयमा नौ सय किलोवाट सम्मको माग समेत रहेको छ । उहाँका अनुसार पातारासी क्षेत्रमा डिल्लीचौर र डोल्काटीमा लिप्ट सिँचाई समेत सञ्चालन भईरहेको छ । नेपाल विधुत प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख रामआशिष शाहका अनुसार जुम्लामा चुकेनीको विधुतले गुणस्तर विधुत नागरिकलाई दिन ठूलो सहयोग गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले जुम्लामा वितरण केन्द्रबाट सात हजार पाँच सय रहेको छ । चुकेनीको विधुतले जुम्ला सदरमुकाम सहित अन्य क्षेत्रमा पनि उज्लालो बनाएको बताउनुभयो । यस जुम्ला जिल्लामा रहेको कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत २४ घण्टा बिद्युत सेवा प्रर्वाह गर्दा यस प्रतिष्ठान भित्रका बिभिन्न बिद्युतिय सामाग्रीहरु सन्चालनमा आएका छन ।

आम्दानीतिर चुकेनी विधुत : 
निरन्तर बत्ति प्रवाह भएपछि अहिले चुकेनीखोला विधुत सहकारी फाईदातिर गएको चुकेनी संहकारी संस्था लिमिटेडका अध्यक्ष गोरबहादुर बुढाले चुकेनी जलविधुतले जुम्लाको उज्यालो भविश्य उज्यालो गर्ने सपना भएकोमा जोड दिनुभयो । उहाँले पुस महिनामा मात्र रु २७ लाख सात हजार सात सय ७३ रुपैया ६० पैसा आम्दानी भएको जानकारी दिनुभयो । उहाँका अनुसार यही गति अनुसार बैंकको ऋण तथा जनताको लगानी फिर्ता गर्न सकिने उहाँ बताउनु हुन्छ । तर विचमा समस्या भईरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको रु २८ करोड ४४ लाख ३० हजार, स्थानीय नागरिकको सेयर लगानी रु ३ करोड ४५ लाख, पातारासी गाउँपालिकाको रु एक करोड, प्रदेस सरकारको रु एक करोड रहेको छ । यसैगरी सहकारीले विधुत निर्माण गर्न कृषि विकास बैंकबाट रु ६ करोड ऋण लगानी, नेपाल सरकारको भुअ कर रु ५ करोड १३ लाख ५२ हजार नौसय ९६ गरि रु ४५ करोड २८ लाख २ हजार नौसय ९६ रुपैया लागतमा भुअ करमा नेपाल सरकारले छुट गरेको छ ।

जुम्ला जिल्लाको सदरमुखाम खलङ्गा बजार अर्थात चन्दननाथ नगरपालिकामा करिव ३० हजार मानिसहरुको बसोवास गर्ने स्थान हो । यस क्षेत्रमा वि.सं २०३८ सालमा तत्कालिन राजा विरेन्द्र बिरबिक्रम शाहका पालामा यस क्षेत्रका वासिन्दाहरुको उज्यालो जुम्लाको लागी २०० कि.वा घुघुत्ति लघु जलबिद्युत आयोजना.निर्माण गरी उपभोक्ताहरु मार्फत सन्चालनमा आएको थियो ।

उक्त क्षेत्रको बढदे जनसंख्याका कारण विस्तारै आयोजनाको बिद्युत अपुग भएकाले नेपाल बिद्युत प्राधिकरण वितरण शाखा जुम्लालाई मिति २०७६ सालमा हस्तातरण गरिएको थियो । नेपाल बिद्युत प्राधिकरणलाई पनि बिद्युत सेवा विस्तारमा कठिनाई भएपश्चात सुर्खेत जुम्ला ११ हजार लाईन विस्तार गरेपनि तर उक्त लाईनमा समेत भोल्टेज राम्रो नहुँदा उक्त क्षेत्रको बिद्युत सेवा अपुरै रहेको थियो । अहिले चुकेनी आउदा प्राधिकरणले जुम्लाका सवै क्षेत्रमा विधुत पुर्याईरहेको छ ।

क्याप्सन  :जुम्लाको चुकेनी विधुतले उज्यालिएको झिलीमिली जुम्ला बजार तस्बिर नेत्र शाही, जुम्ला ।

 

 

 

प्रतिकृया दिनुहोस्