OnlinePana

आज : २०८१ माघ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ५, २०८१ सुर्खेत
६ पटक

 ५ माघ २०८१, शनिबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारको प्राथमिकतामा पूर्वाधार विकास निर्माण रहेको बताउनुभएको छ ।

सुर्खेत पश्चिमका अति दुर्गम मानिने चौकुने गाउँपालिका २ लगामस्थित आज श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ५१औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले पूर्वाधार विकास निर्माण हुन नसकेकाले यो पालिकाको सहज पहँुच राजधानी वीरेन्द्रनगरसँग नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सडक, विद्युत र सुकुम्बासीहरुको व्यवस्थापन नै यहाँको आजको प्रमुख समस्या हो । यसको समाधानका निम्ति कर्णाली प्रदेशको ध्यानाकर्षण भएको छ ।” खासगरी सुर्खेतको पश्चिममा बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका पर्दछन् । मुख्यमन्त्री कँडेलले ती पालिकाको योजना तथा विकास निर्माणका कामको अनुगमन तथा कामको प्रगतिको जानकारी लिनुभएको छ ।

उक्त कार्यक्रममार्फत उहाँले विकास सबैको भएकोले यो मामिलामा सबै दल र जनता एकै ठाउँमा हुनुपर्नेमा जोड दिनुभयो । विकासका लागि दलका साथै जनता मिल्नुको विकल्प नरहेको बताउनुभएका मुख्यमन्त्री कँडेलले एक्लै हिड्ने प्रचलनले व्यक्तिलाई फाईदा भएपनि समाज विकास नहुने जिकिर गर्नुभयो ।

प्रतिकृया दिनुहोस्