OnlinePana

आज : २०८१ पौष २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १९, २०८१सुर्खेत
२६ पटक

 

१९ पुस २०८१, शुक्रबार

कर्णालीमा ‘दलित समुदायको सशक्तिकरण र जीवनस्तर प्रवद्र्धनका गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ अगाडि बढाउने सहमित भएको छ ।

कर्णाली प्रदेशसभामा विसं.२०८१ जेठ २७ गते दर्ता भएको विधेयक अगाडि बढ्न नसकेपछि दलित अधिकारका लागि एकीकृत आन्दोलन नेपालले विगत १८ दिनदेखि कर्णालीमा आन्दोलन गर्दै आएको थियो । कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका ज्येष्ठ सदस्य पूर्णबहादुर खत्रीको अध्यक्षतामा आज बसेको बैठकले समितिले यथाशीघ्र छलफल गरी विधेयक अगाडि बढाउने लिखित सहमति गरेको समितिका सचिव राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशसभाको चौथो अधिवेशन अन्त्य भई बैठक सञ्चालन नभएको अवस्थामा समितिको बैठक बसेर विधेयकलाई यथाशीघ्र समितिमा छलफल गरी अगाडि बढाउने निर्णय भएपश्चात् दलित अधिकारका लागि एकीकृत आन्दोलन नेपालले विगत १८ दिनदेखि गर्दै आएको आन्दोलन आजदेखि स्थगित गर्ने सहमति भएको उहाँले बताउनुभयो ।

एकीकृत आन्दोलन नेपालका संयोजक गम्भीरसिंह भूलले कर्णालीका करिब २९ प्रतिशत दलितहरुको हक, हित र अधिकारका लागि दर्ता भएको विधेयक बेलैमा आउन नसकेकोले आन्दोलन गर्नुपरेको बताउनुभयो । उहाँका अनुसार आज समितिसँग भएको सहमति अनुसार दलित सशक्तिकरण विधेयक शीघ्राती ऐन बनेर कार्यान्वयन आउने कुरामा विश्वस्त भएबमोजिम आन्दोलन स्थगनको सहमतिमा पुगिएको छ ।

प्रतिकृया दिनुहोस्