OnlinePana

आज : २०८१ पौष १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,पौष १३, २०८१जुम्ला,
५५ पटक

 

पुस १३ गते । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा उमेर हद विषयमा देशभर झै जुम्लामा पनि मतदान भएको छ ।
अखिल क्रान्तिकारीको नेतृत्वमा ३२ वर्षे उमेर हद तोक्ने उमेर हद खुला गर्ने विषयमा निर्वाचनबाट छिनोफानो गर्न लागेको हो । अखिल क्रान्तिकारीको संगठनात्मक संरचना, भौगोलिक र गैरभौगोलिक गरी जुम्ला सहित देशभर एकै पटक मतदान भएको थियो ।

पुस १३ गते आज बिहान ११ बजेबाट सुरु भएको जुम्ला मतदान केन्द्र कार्यालयका प्रमुख मतदान अधिकृत भुवन बहादुर रोकायाले जानकारी दिनुभयो । क्रान्तिकारीको असोज १०–१५ सम्म भएको सम्मेलनमा उमेर हदको विवादले स्थगित भएको थियो । जुम्लाबाट योव्य मतदान सकिएको निर्वाचन कार्यालयले जनाएको छ । उहाँका अनुसार जुम्लाबाट ५ वटाको मत खसेको छ ।

जुम्लाको बहृमुखी क्याम्पसमा भएको माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको मतदान केन्द्रमा प्रमुख मतदान अधिकृत भुवन बहादुर रोकाया ,मतदान अधिकृत, जयशंकर धिताल र जगत बहादुर खत्री खटिएका थिए । निर्वाचन नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नवराज न्यौपानेको उपस्थितिमा भएको छ ।

 

 

प्रतिकृया दिनुहोस्