OnlinePana

आज : २०८२ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कार्तिक ४, २०८१
२३२ पटक

४ कार्तिक २०८१, आईतबार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि जुम्ला आउनुहुने भएको छ ।

अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रिय तथा नेपालको समसामयिक राजनीति परिस्थिति, बिगत तथा वर्तमान सरकारको कामका बारेमा जनसभामार्फत जनतालाई जानकारी दिनुहुने कार्यक्रम रहेको नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय जुम्लाका संयोजक नवराज न्यौपानेले जानकारी दिनुभयो । संविधान र संघीयता पछि नागरिकहरुका आवश्यकता र समस्याको समाधान के कति सम्बोधन भएको छ र सबै सरकारहरुले अब के गर्नुपछ भन्नेबारे पनि उहाँले सम्बोधनमार्फत राख्नुुहुने उहाँले बताउनुभयो ।

उहाँका अनुसार कनकासुन्दरी गाउँपालिका जुम्लास्थित गोरुचौरमा ५ गते सम्पन्न हुने जनसभाको पूर्ण तयारी भएको यद्यपि मौसम चिसिदै गएको छ । जनसभामा सिंजा सभ्यता, भाषा र कर्णालीको पूर्वाधार विकासका बारेमा पनि अध्यक्षले पार्टीको धाराणा व्यक्त गर्नुहुनेछ ।

कनकासुन्दरी गाउँपालिका जुम्लास्थित गोरुचौरमा ५ गते सम्पन्न हुने जनसभाको तयारीमा टोली जुटिरहेको छ । सिंजामा हुन थालेको ऐतिहासिक जनसभामा अध्यक्ष प्रचण्डले स्थानीय जनप्रतिनिधि, नेता तथा कार्यकर्ता गरेर करिब चार सय जनालाई पार्टी प्रवेश गराउनुहुने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति जुम्लाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्