OnlinePana

आज : २०८१ आश्विन ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,आश्विन २१, २०८१जुम्ला,
४० पटक

असोज २१ गते । जुम्लामा कारागारका कैदी र बन्दीलाई क्षयरोग र एचआईभि परीक्षण गरिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाको आयोजनामा जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लामा काम भएको छ । ६९ औ प्रहरी दिवसको पूर्वसन्ध्याहमा कारगारका कैदीमा समेत समस्या छ भने सोही अनुसार उपचार गर्ने उद्देश्यले परीक्षण गरिएको हो ।

जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका अनुसार कारगारमा रहेका ९५ जनालाई क्षयरोग र एचआईभि परीक्षण गरिएको छ । जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटका अनुसार गरिएको परीक्षणमा काmममा जिल्ला समन्वय समितिका प्रमुख गौरीन्द आचार्यले कारागारका कैदीवन्दीलाई पनि यसरी स्वास्थ्य शिविर गरेकोमा जिल्ला प्रहरी कार्यालयलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले जिल्ला प्रहरी कार्यालयले निरन्तर गरिरहेको कामका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जुम्ला कारागारको प्रशासनिक संरचना अन्य जिल्ला भन्दा राम्रो भएकोमा जोड दिनुभयो । यो कार्यक्रमले स्वास्थ्य सेवामा पहुँच पुग्ने र केही समस्या भएमा सोही अनुसार उपचारमा सहयोग पुर्याउनेमा जोड दिनुभयो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव क्षेदिलाल कामतिले कारागारमा रोगका कारण केही समस्या देखिएमा सोही अनुसार औषधी उपचार गर्नका लागि सहयोग गरिने बताउनुभयो । जुम्ला कारागारमा यस अघि एक जनाको विरामी भई मृत्यू भएको थियो । प्रहरीले पछिल्लो समयमा कैदीवन्दीलाई स्वास्थ्य परीक्षण गरिरहेको छ ।

जिल्ला कारागार कार्यालय जुम्लाका अनुसार कारकारमा अहिले १२२ जना कैदीवन्दी रहेका छन् । कार्यालय प्रमुख गयाप्रसाद पाण्डेका अनुसार ७ जना महिला र अन्य पुरुष रहेका छन् ।
क्याप्सन ः जिल्ला कारागार जुम्लामा क्षयरोग तथा एचआईभि परीक्षण शिविर तस्बिर नेत्र शाही जुम्ला ।

 

प्रतिकृया दिनुहोस्