OnlinePana

आज : २०८१ आश्विन ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,आश्विन २१, २०८१जुम्ला,
१८८ पटक

असोज २१ गते । जुम्लाको हिमा गाउँपालिका ओदी गाउँम रु दुई लाख राशीको भलिवल प्रतियोगिता हुने भएको छ । स्थानीय लामा बिष्णु क्लवको आयोजना, हिमा गाउँपालिकाको सहयोग तथा वडा नम्बर २ को सहजीकरणमा ओदी गाउँमा भलिवल प्रतियोगिता हुने भएको छ ।

लामा बिष्णु यूवा क्लवका अध्यक्ष धिरेन्द्र रोकायाका अनुसार दशैको अवसरमा आयोजना गरिएको भलिवल प्रतियोगितामा प्रथम पुरस्कारका लागि रु दुई दाख र दृतिय पुस्कारका लागि रु एक लाख रकम राशी कायम गरिएको छ । उहाँका अनुसार खेल २०८१ असोज २९ गतेबाट हुने भएको छ । जसका लागि टिम दर्ता २०८१ असोज २३ देखी २९ गते सम्म रहेको छ । टिम दर्ताका लागि आयोजकले रु पाँच हजार रकम कायम गरेको छ ।

खेल अवधिमा प्रत्यक खेलमा राम्रो खेल प्रदर्शन गर्ने खेलाडिलाई रु ५०० समेत उपलब्ध गराईने भएको छ । सो समयमा ओदी गाउँमा देउडा प्रतियोगिता समेत हुने भएको आयोजकले जनाएको छ । आयोजकका अनुसार चर्चित देउडा खेलाडी विपना सिंहको प्रस्तुति हुने भएको छ । ओदी गाउँमा झण्डै २० बर्ष देखी भलिवल खेल प्रतियोगिता हुदै आएको छ ।

प्रतिकृया दिनुहोस्