OnlinePana

आज : २०८१ मंसिर ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,भाद्र ४, २०८१जुम्ला,
१७८ पटक

भदौ ४ गते । जुम्लाको चन्दननाथ नगरपालिकाले १४ जना नगर प्रहरी भर्ना गरेको छ । नगरले नगर प्रहरी सहायक निरीक्षक जंगबहादुर बुढा सहित १४ जना नगर प्रहरी भर्ना गर्ेको हो । नगरपालिकाले शशस्त्र प्रहरी वल नं ३३ त्रिपुरा गण जुम्लाले उनिहरुको नगर प्रहरी आधारभुत तालिम सम्पन्न गरेर अन्तिम दिक्षान्त समारोह गर्दै १४ जना नगर प्रहरी भर्ना भएको जानकारी गरिएको छ ।

शशस्त्र प्रहरी वल त्रिपुणागण जुम्लाले अन्तिम दिक्षान्त सामारोह गर्दै नगरप्रहरीलाई पासआउट गरेको छ । उनिहरुलाई नगरउपप्रमुख रामदेवी खड्का, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, शशस्त्र प्रहरी उपरीक्षक लालबहादुर शाही, नेपाली सेनाका प्रमुख सेनानी लक्ष्मी गौतमले दर्जानी चिन्ह प्रदान गर्नु भएको छ भने चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेबाट नगरप्रहरीलाई सपथ ग्रहण गरिएको छ ।

तालिम सहित अन्तिम दिक्षान्तमा नगरप्रहरीमा सफल हुनेमा नगरप्रहरी सहायक निरीक्षक जंगबहादुर बुढा, नगरप्रहरी जवानहरु हर्ष बुढ्थापा, हर्क कुलाला, भैरव सिंह रावल, अनिता सुनार, महेन्द्र बिष्ट, रामबहादुर गुरुङ, लिलामनि न्यौपाने, सुनिता हमाल (खत्री), दिपेश न्यौपाने, शक्ति सुनार, धिरेन्द्रनाथ योगी, पुष्पा भण्डारी र सरस्वति जिसी रहेका छन् । उनिहरु सवै चन्दननाथ नगरपालिका भित्रका रहेका छन् ।

शशस्त्र प्रहरी नं ३३ त्रिपुरा गण जुम्लाका प्रमुख लालबहादुर शाहीका अनुसार एक महिने आधारभुत तालिमबाट १० पुरुष र ४ जना महिला गरी १४ जनालाई एक महिने तालिम दिईएको र उहाँहरुलाई अन्तिम दिक्षान्त समारोह गरेर तालिम पूर्णता गरि नगरप्रहरीको दर्जानी चिन्ह दिएको छ । उहाँले तालिम अवधिमा सहयोग गर्ने सर्वलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
नगरप्रहरी दिक्षान्त समारोहमा वोल्दै चन्दननाथ नगरपालिकाका नगरउपप्रमुख रामदेवी खड्काले नगरपालिकाको विकास र समृद्धिमा नगरप्रमुखको मुख्य भूमिका रहने भएकाले कानून अनुसार काम गर्नुपर्ने बताउनुभयो । उहाँले नगरप्रहरी सहायक निरीक्षक सहित सवैलाई वधाई दिदै नगरको शान्ति सुरक्षा सहित सफा नगर अभियान देखी नगरपालिकाका विभिन्न काममा सघाउने उहाँको भनाई रहेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले नगरप्रहरीले नगरको प्राविधिक शान्ति सुरक्षा दिने, कानूनको कार्यान्वयत गराउने, सार्वजनिक सेवा प्रवाहमा सहजता ल्याउने, फोहरमैला व्यवस्थापन, राजश्व संकलनमा जोड दिने, बजार व्यवस्थापन, सार्वजनिक सम्पतिको सुरक्षा गर्ने, नगर र वडा कार्यालय माताहातका कार्यालयको सुरक्षा व्यवस्था मिलाउने, विपत व्यवस्थापान, हाट बजार लगायतका कामहरु व्यवस्थापन गर्ने लगायतका कामहरु हुने जानकारी दिनुभयो । उहाँका अनुसार शुरुमा नगरप्रहरीका लागि नगरपालिकामा १२८ जनाले आवेदन दिएका थिए ।

 

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले स्थानीय तह अधिकार प्रयोग गर्दै नगर प्रहरी राखेर नगरपालिकाको समृद्धिका लागि काम गरेकोमा नगरपालिकालाई धन्यवाद ज्ञापन गर्दै नगरप्रहरीले नियम कानुन अनुसार काम गर्नेमा जोड दिनुभयो । उहाँले नगरपालिकाले ृजनशक्ति उत्पादन गरेको तर अव व्यहारमा कसरी काम हुन्छ भन्ने बिषय महत्वपूर्ण भएकाले राम्रो काम गर्न अनुरोध गर्नुभयो ।

क्याप्सन : चन्दननाथ नगरपालिकामा नगर प्रहरीको अन्तिम दिक्षान्त समारोह तस्बिर नेत्र शाही ÷जुम्ला।

प्रतिकृया दिनुहोस्