OnlinePana

आज : २०८१ मंसिर ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २८, २०८१जुम्ला,
६२ पटक

साउन २८ गते । कर्णालीको जुम्ला र कालिकोट खण्डमा निरन्तर पहिरो गईरहेको छ । निरन्तरको पहिरोले राजमार्गमा बर्खा याममा सकस भईरहेको छ ।
सड्क डिभिजन कार्यालय जुम्लाका अनुसार साउन महिनमा मात्रै कर्णाली राजमार्गमा करिव दर्जन बढि स्थानमा पहिरो गएको छ । सडक डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख चेतन कुमार मण्डलका अनुसार राजमार्गमा निरन्तर आएको पहिरोले सकस बनाएको हो । असार र साउन महिनामा कतै ठूलो पहिरो त कतै सानो पहिरो आएका कारण समस्या भएको हो । उहाँका अनुसार निरन्त सड्कमा पहिरो जाने भएकाले त्यस क्षेत्रमा स्रोत साधन प्रयोग गरेर काम भईरहेको छ ।

उहाँका अनुसार कर्णाली राजमार्ग अन्तरगत मोल्फा र चौखोलामा ठूलो पहिरो गएको छ । सड्क सुचारु गर्न गाल्जेबाट स्काभेटर पठाउने तयारी भईरहेको छ । सडक डिभिजनले जारी गरेको सूचना अनुसार कालिकोटको पिलि (कल्यान खोला) मा अवरुद्ध भएको सडक एकतर्फी रुपमा सञ्चालन भइसकेको छ भने कालिकोटको चौखोला र मोल्फामा समेत पहिरो आई सडक अवरुद्ध भएको जानकारी दिएको छ ।

सड्क डिभिजनका अनुसार अविरल बर्षाको कारण कालिकोटको पिलि (कल्यान खोला र मोल्फामा पहिरो आई सडक अवरुद्ध भएकाले सो स्थानमा सडक सूचारु गर्नको लागि यस डिभिजनको व्याकहोल लोडर परिचालन भई जानकारी दिएको छ । कार्यालयका अनुसार साउन २७ गते अविरल बर्षाको कारण कालिकोटको यस मोड र गगनेखोलामा पहिरो आई सडक सञ्चालनमा आएको छ ।

यसैगरी साउन महिनामा जुम्ला र कालिकोट खण्डको विभिन्न क्षेत्रमा अविरल वर्षाको कारण यस डिभिजनको कार्यक्षेत्र कालिकोटको राँचुली , मोल्फा र फुर्के साँझमा आएको पहिरोले गर्दा बाटो अबरुद्ध भएको थियो । यसैगरी अविरल वर्षाको कारण सुर्खेत जुम्ला सडक खण्ड अन्तर्गतको गगने खोला र कालेखोला कालिकोटमा आएको पहिरोले गर्दा अबरुद्ध भएको बाटो सन्चालनमा आएको थियो । यसैगरी सड्कले निरन्तर पहिरो गईरहेका कारण यात्रुहरुलाई सावधानी अपनाएर यात्रा गर्न सूचना जारी गर्दै समेत आएको छ । सड्कले निरन्तरको पहिरो खस्दा मर्मत खर्च पनि बढिरहेको र यसमा समस्या भईरहेकोमा जोड सदनुभयो ।

छैन पूर्वतयारी :
राजमार्ग निरन्तर पहिरो गएका कारण समस्या भईरहेको छ भने यात्रुहरुलाई उत्तिकै सकस बनाएको छ । तर राजमार्ग मर्मत र निरन्तरको पहिरोको कारणले भएको समस्या विषयमा जिल्ला विपत व्यवस्थापन समिति तथा स्थानीय प्रशासन मौन देखिन्छ । राजमार्ग क्षेत्रमा ठूलो पहिरो पञ्छाउन कतै बिष्फोट गनुपर्ने हुन्छ भने कतै ठूलो सामग्रीको आवश्यकता पर्दछ । यस बिषयमा अन्य निकायको खासै चासो देखिदैन ।

नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतका अनुसार बर्षातको समयमा सड्कको बिषयमा साउन महिनाभरी छलफल तथा वैठक नराख्दा पूर्व तयारीका बिषयमा जानकारी नभएको बताउनुभयो । उहाँले अहिले राजमार्ग निरन्तर पहिरो गईरहेको समयमा सड्कलाई मात्रै जिम्मा भए जस्तो गर्नु राम्रो नभएको बताउदै स्थानीय प्रशासनले बारम्बार बैठक राख्न समेत अग्रसरता नदेखाएको गुनासो पोख्नुभयो । प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले भने सड्कमा निरन्तर पहिरो गएपछि सड्कले काम गरिरहेको जानकारी दिनुभयो । उहाँले बिष्फोटको आवश्यकता भएमा सुरक्षा निकाय तयार भएको बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्