OnlinePana

आज : २०८१ कार्तिक ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,आषाढ ७, २०८१ जुम्ला,
२७९ पटक

असार ६ गते । कर्णाली मा.वि.अनामनगरका वालवालिका बहिरालाई शैक्षिक कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।
कर्णाली माध्यामिक विद्यालय अनामनगरमा ३६ जना वालवालिकाहरुलाई ट्रयाकसुट, कापी र कलम बितरण गरिएको हो । कर्णाली क्षेत्रमा लामो समय देखी काम गर्दै कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्रले आफ्नो २५ औ बर्ष तथा रजत दिवसको पूर्वसन्ध्याहमा वालवालिकालाई सहयोग गरेको विद्यालयले जानकारी गरेको हो ।

आवासीय विद्यालय रहेको स्थान अनामनगरमा पुगेर वालवालिकालाई सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलराज चौलागाई, चन्दननाथ नगरपालिका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईले सामग्री वितरण गर्नुभएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञबहादुर बुढ्थापाले अपांगता भएका वालवालिकालाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले यस्ता प्रकारका सामाजिक सहयोगले अपांगता भएका तथा सिमान्तकृत समुदायलाई राहात पुग्नेमा जोड दिनुभयो । कार्यक्रममा किडाक नेपालका जिल्ला संयोजक दिपराज रावतले संस्थाको जन्मदिनमा सानो सहयोग गरिएको जानकारी दिनुभयो । उहाँले किडार्कको रजत जयन्तिको पुर्व सन्ध्याह कार्यक्रममा चन्दननाथ नगरपालिका वडा नं १० मा वृक्षा रोपण कार्यक्रम समेत गरिएको जानकारी दिनुभयो । यसैगरी असार ७ गते संस्थाले रजत जयन्ति मनाउने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस्