OnlinePana

आज : २०८१ मंसिर १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २९, २०८१सुर्खेत
८४ पटक

२९ बैशाख २०८१, शनिबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले जनजाति÷आदिवासीहरुको कार्यक्रममा पुरुष भन्दा महिला सहभागिता बढी भएको बताउनुभएको छ ।

नेपाल आदिवासी÷जनजाति महासंघ जिल्ला सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘आदिवासी÷जनजातिहरुको संस्कृति पहिचान गरी गजर्ने, संरक्षण तथा प्रवद्र्धन’ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले महासघको यो कार्यक्रममा महिला सहभागिता उल्लेख्य हुनुले सकरात्मक सन्देश दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले विज्ञान र प्रविधिको युगमा मानिसका हातहातमा मोबाइलको सुविधा छ तर आफ्ना भाषा, संस्कृति र भेषभूषा र परम्परा आफ्नै घरका सन्ततिहरुले बिर्सँदै गएको अवस्था छ । यो परिवेशमा कार्यक्रम गर्नुभएकोमा आयोजकलाई धन्यवाद दिन चाहान्छु ।”

आफूले नेतृत्व गरिरहेको प्रदेश सरकारले सबै जातजाति, भाषा, संस्कृति, धर्मका नागरिकहरुलाई समान अभिभावकत्व दिने बताउनुभएको थियो । उक्त कार्यक्रममा महासंघ आवद्ध विभिन्न घटकका नेता अगुवाहरुले नेपालमा नेपाल आदिवासी÷जनजातिहरुले खेलेको भूमिकालाई सघन अध्ययन गरी कर्णालीमा लोकसेवा आयोग जस्ता संवैधानिक अंगमा आरक्षणको व्यवस्थालाई अँझ बढी प्राथमिकता दिन अनुरोध गरेका थिए ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयअन्तरगत शिक्षा विकास निर्देशनालयको सहयोग तथा लिसार समुहको समन्वयमा महासंघले कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा मगर, गुरुङ, खाम्पा, राजी, बोटे, चौधरीलगायतका आदिवासी÷जनजातिहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्