OnlinePana

आज : २०८१ कार्तिक ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २, २०८०सुर्खेत
१५६ पटक

२ चैत २०८०, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले दलाल पूँजीवाद राजनीतिक अस्थिरताको मूलक कारण भएको बताउनुभयो । उहाँले स्थिर राजनीतिक प्रणालीको विकास गर्न नसकिएसम्म मुलुक उँभो गतिमा नलाग्ने विचार व्यक्त गर्नुभयो ।

नेकपा सुर्खेतद्वारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा अर्थ, कृषि र राष्ट्रिय राजनीतिका बारेमा बोल्दै महासचिव चन्दले अहिलेको व्यवस्था गोलचक्करमा फसेको बताउनुभयो । आज बनेको सरकार कहिलेसम्म रहने भन्ने निश्चियता नभएको राजनीति प्रणालीले मुलुकलाई सहि दिशातर्फ नडो¥याउने र देशी विदेशी शक्ति केन्द्रहरुले खेलिरहने अवस्था सृजना हुने उहाँले प्रतिक्रिया दिनुभयो ।

“सामन्तवादी व्यवस्था भन्दा प्रगतिशील हो, आजको संघीय लोकतान्त्रिक गणतन्त्र,” उहाँले भन्नुभयो, “यद्यपि पूँजीलाई जनतातर्फ फर्काउने अर्थतन्त्रको विकास नहुन्जेलसम्म यो व्यवस्था परिवर्तन भएको मान्न सकिदैन ।” जनताको एक÷एक पैंसा निश्चित व्यक्तिको हातमा भएको भन्दै महासचिव चन्दले दलाल पूँजीवाद आजको राजनीतिक अस्थिरताको मूल कारण भएको टिप्पणी गर्नुभयो ।

शासकीय, कानूनी र व्यवस्थापकीय प्रणाली बदल्न आवश्यक रहेको टिप्पणी गर्दै उहाँले नेपाली विशिष्टताको मौलिक समाजवाद आजको आवश्यकता भएको र यसले मात्र मुलुकमा देखिएको संकटको समाधान गर्ने दावी गर्नुभयो । महासचिव चन्दका अनुसार विश्व ध्रुवीकरणको चपेटामा फसेको छ । अमेरिकी र नेटो सेनाको आडमा युद्ध लड्ने युक्रेन जित्ने नभई झनै संकटमा फस्ने उहाँले जनाउनुभयो ।

प्रतिनिधिसभाबाट पारित भएको एमसीसी र सर्वोच्चको आदेशलाई खारेज गर्ने एमसीएका कारण नेपाल पनि युक्रेन बन्ने खतरा बढेकोले राज्य यसमा सचेत हुनुपर्ने सुझाउँदै उहाँले यसको विरुद्धमा नेकपा निरन्तर लागिरहेको जनाउनुभयो । आणविक हतियार प्रयोग गर्ने अवस्था नल्याउन अहिले विश्वको ध्यानाकर्षण भएको समेत उहाँले बताउनुभयो ।

समाजवादी अर्थतन्त्र विकासका लागि श्रम र उत्पादनमा जोड दिनुपर्दछ

पछिल्लो समय नेकपाले उपभोग, उत्पादन र आत्मनिर्भर समाज निर्माण गर्न लागिरहेको बताउँदै उहाँले भन्नुभयो, “हामी पार्टीलाई आत्मनिर्भर बनाउन, नेता तथा कार्यकर्तालाई श्रम र उतपादनसँग जोड्न र नागरिकलाई यसतर्फ उत्प्रेरित गर्ने अभियानमा हामी जुटेका छौं । समाजवादी अर्थतन्त्र विकास गर्न सबै दलहरुले श्रम र उत्पादनमा विशेष जोड दिनुपर्दछ ।”

उहाँले वर्षे सिंजनमा रुपन्देहीको छापियामा धानखेती र हिउँदे सिंजनमा हिमा गाउँपालिका जुम्लाको पातरखोला र तिलागुफा नगरपालिका कालीकोटको फोइमहादेव गाउँमा पाँच÷पाँच सय स्याउका बिरुवा रोपण गरिएको बताउनुभयो । बिगतदेखिको कम्यूनिष्ट आन्दोलनले उत्पादन, श्रम र आत्मनिर्भरताका काममा जोड दिँदै आएको संस्कृतिको क्रमभंगता हुन नहुने महासचिव चन्दको भनाई थियो ।

यो व्यवस्था पूँजीद्वारा नियन्त्रित छ

उहाँले भन्नुभयो, “यो व्यवस्था पूँजीद्वारा नियन्त्रित छ । समानुपातिक निर्वाचन प्रणाली त्यसको उपज बनेको छ । मुलुकको कुनै पनि निकायमा उच्च पदस्थ कर्मचारी तथा पदाधिकारी नियुक्त गर्न पनि पैसाको ठूलो चलखेल हुन्छ । पूँजीद्वारा निर्देशित सबैखाले संस्कृतिको अन्त्य हुनुपर्दछ । मालिक बन्ने शिक्षालाई श्रम र उत्पादनसँग जोड्नुपर्छ । समृद्ध र आत्मनिर्भर मुलुकका लागि कृषि उत्पादन र उद्योग विकासमा जोड दिनुपर्दछ ।”

अहिले नेता मालिकसँग र पत्रकार नेता एवं मालिक दुवैसँग मिलेर खाने तर अरुलाई उपदेश दिँदै हिड्ने दलाल पूँजवादी संस्कृतिको विकास भइरहेको महासचिव चन्दले टिप्पणी गर्नुभयो । यहाँको काठ तस्करहरुले भारतमा बेच्ने तर खाडी मुलुक मलेसियाको काठ काठमाडौंमा आईरहेको भन्दै उहाँले पूँजी जनताको प्रत्यक्ष पहुँच हुने नीति आवश्यक रहेको औंल्याउनुभयो ।

समाजवादी मोर्चाको गति अपेक्षित रुपले नबढेपनि अब रफ्तारमा जाने र सुरुमा माओवादीबीचको एकता गरी पछि कम्युनिष्ट घटकहरुबीचको एकतामा जोड दिने उहाँको भनाई थियो । अन्तर्राष्ट्रिय सम्बन्ध हुन आवश्यक रहेको बताउनुभएका महासचिव चन्दले नेपाली जनतालाई निर्णायक नबनाएसम्म राज्य, व्यवस्था र शासन प्रणाली बलियो नबन्ने जिकिर गर्नुभयो ।

प्रतिकृया दिनुहोस्