OnlinePana

आज : २०८२ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ ८, २०८०
१२६ पटक

८ माघ २०८०, सोमबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले वर्षा अघि नै भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माणका काम सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीसँग आज भेटघाटको क्रममा मुख्यमन्त्री शर्माले पुनःनिर्माण कार्यविधि परिमार्जन गरेर भूकम्प प्रभावित क्षेत्रको जनजीवनलाई सहज बनाउन पुनःनिर्माणको काम छिटो अगाडि बढाउन सुझाउनुभयो । भूकम्पपश्चात् प्रदेश सरकारलाई संघीय सरकारले भूमिकाविहिन बनाएको दुखेसो गर्दै उहाँले भन्नुभयो, “संघ सरकारले उक्त काममा तीव्रता दिनुपर्छ । ऐन नियम र प्रक्रियालाई छोट्याएर जनताको लागि वर्षा हुनु अगावै पुनःनिर्माणका काम सक्नुपर्छ ।”

भूकम्प प्रभावितको खोज, उद्धार तथा राहत व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरेको प्रदेश सरकारलाई संघले पुनःनिर्माणमा अनुगमनको मात्र जिम्मेवारीमा सीमित राख्दा अपेक्षित काम हुन नसकेको उहाँको जिकिर थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेलले पुनःनिर्माण कार्य अघि बढाउन अझै केही समय लाग्ने बताउनुभयो । उहाँका अनुसार पुनः निर्माणको आवश्यक तयारी भईरहेको यद्यपि कानूनी प्रक्रियाले केही ढिला भएपनि स्थानीय सोत साधनको प्रयोग गरी कर्णालीको सस्कृति एवं परम्परालाई कायम हुने गरी पुनः निर्माणको काम अगाडि बढाइनेछ ।

 

प्रतिकृया दिनुहोस्