OnlinePana

आज : २०८१ मंसिर १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १७, २०८०काठमाडौं
१३५ पटक

१७ पुस २०८०, मंगलबार

दैलेख महावु गाउपालिका ६ निवासी मृतक सुजन रावतलाई कर्णाली सरकारले रु.दुई लाख दिने भएको छ ।

यही पुस १३ गते ललितपुरको बालकुमारीमा भएको आन्दोलनको क्रममा रावतले ज्यान गुमाएका थिए । प्रदेश सरकारले मृतकका परिवारलाई राहतस्वरुप रु.दुई लाख दिने घोषणा गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनुभयो ।

दुई लाख दिने मन्त्रिपरिषद्बाट निर्णय भएको छैन,” प्रवक्ता जिसीले भन्नुभयो, “मुख्यमन्त्रीको निर्देशनमा आन्तरिक मामिला मन्त्रालयले राहत दिने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरिरहेको छ । गृह मन्त्रालयले हेलिकोप्टरमार्फत मृतक रावतको शव दैलेख पुर्याएपछि आजै अन्त्येष्टि गरिएको छ ।

प्रतिकृया दिनुहोस्