OnlinePana

आज : २०८१ मंसिर ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
अमृत बुढाथोकी मगरपौष ६, २०८०जुम्ला,
१८७ पटक

अमृत बुढाथोकी ÷जुम्ला,

पुष ६ गते । जुम्लाको चन्दननाथ नगरपालिकामा म वालविवाह विरुद्ध वोल्छु अभियान शुरु गरिएको छ । वालविवाह घटाउने उद्देश्य तथा सचेतना अभियानका लागि चन्दननाथ नगरपालिकाले म वालविवाह विरुद्ध वोल्छु भन्ने अभियान वडास्तरबाट शुरु गरेको हो ।

नगरपालिकाले वडानम्बर १ बाट अभियान शुरु गरेको चन्दननाथ नगरपालिका वालकल्याण अधिकारी पुष्पा थापाले जानकारी दिनुभयो । चन्दननाथ नगरपालिका महिला तथा वालवालिका शखाको कार्ययोजना अनुसार नगरपालिकाले म वालविवाह विरुद्ध वोल्छु भन्ने अभियान शुरु गरेको छ ।

चन्दननाथ नगरपालिका वडा नम्बर १ को वडा कार्यालयमा स्थानीय सरोकारवाला निकाय, वालक्लवका अगुवा, महिला स्वास्थ्य स्वंसेविका, स्थानीय जनप्रतिनिधिको उपस्थितमा म वालविवाह विरुद्ध वोल्छु अभियान शुरु गरेको छ । महिला विकास निरीक्षक थापाले वालविवाह हाम्रो सत्रु भएर आएकाले यसलाई कम गर्न अभियान शुरु गरिएको बताउनुभयो । उहाँका अनुसार नगरपालिकामा यस अभियानले एक सचेतनाको जागरण शुरु गर्ने भन्दै यस अभियानमा सवैले साथ दिन अनुराध गर्नुभयो ।

चन्दननाथ नगरपालिका वडा नम्बर १ का कार्यवाहक अध्यक्ष नन्दबहादुर गुरुङले वडास्तरबाट गरिएको अभियान सवै मिलेर सफल वनाउनुपर्ने बताउदै यसमा स्थानीय सरकारको प्रतिवद्धता रहेकोमा जोड दिनुभयो ।

नगरपालिकाले साझेदार संस्था युनिसेफ , किडाक नेपालको सहयोगमा थालेको सो अभियानमा जिल्ला प्रहरी कार्यालयले सचेतना दिदै आएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक विवेक खनालले वालविवाह भनेको के हो ? यसको असर, वालविवाहको कारण, रोकथामको उपाय, नेपालको अवस्था, कर्णाली र जुम्लाको तथ्यांकका विषयमा सचेतना विषय कार्यपत्र प्रस्तुति गर्दै आउनु भएको छ । उहाँले वालविवाहले हुने वेफाईदा र हानीका बिषयमा वालक्लव, किश्वर किश्वरी मात्रै नभई घरपरिवार अभिभावक अझ बढि सचेत भएर न्यूनिकरण गर्नुपर्ने जानकारी दिनुभयो । चन्दननाथ नगरपालिकाले शुरु गरेको अभियान पहिलो दिन वडा नम्बर १ बाट शुरु हुदै सदरमुकामको चन्दननाथ माविका विद्यार्थी, टयूसन सेन्टरहरुमा सचेतना दिईएको छ भने क्रमश वडानम्बर २ देखी १० सम्म दैनिक सम्बन्धित वडा कार्यालयमा वालविवाह विरुद्ध म वोल्छु सचेतना अभियान निरन्तर हुने छ ।

तथ्यांकमा छैन, समाजमा व्याप्त :
विद्यमान रुपमा समाजमा भईरहेको वालविवाहको बिषयमा जिल्ला प्रहरी कार्याललयमा खासै तथ्यांक छैन । किनकी वालविवाह विरुद्धका मुद्दानै आउदैनन । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक बर्ष २०७९।०८० मा जुम्लामा वालविवाह विरुद्धका मुद्दा छैनन । भर्खरै वालविवाह विरुद्धको साझा सञ्जालले सार्वजनिक गरेको तथ्यांकमा जनस्वास्थ्य कार्यालयमा आर्थिक बर्ष २०७९।०८० मा एक हजार ६२९ गर्भअवस्था जाँच गर्न आएका मध्य ३१२ जना २० बर्ष मुनिका किश्वरी छन् । यसैगरी नेपालले स्थानीय सरकारको सहयोगमा सिञ्जा क्षेत्रमा आत्म सम्मानका लागि सहकार्य क्याड नेपालले गरेको वालविवाह व्यापकता सर्वेक्षणमा वालविवाह बढ्दो छ तर निरन्तर घटिरहेको छ ।

प्रतिकृया दिनुहोस्