OnlinePana

आज : २०८१ मंसिर ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ५, २०८०सुर्खेत
१८७ पटक

५ पुस २०८०, बिहीबार

कर्णाली प्रदेश सरकारले ‘कर्णाली प्रदेश आँखा स्वास्थ्य रणनीति २०८०–०८५’ सार्वजनिक गरेको छ ।

सामाजिक विकास मन्त्रालयले यहाँका ७९ स्थानीय तहका प्रमुख÷अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरु, सरोकारवाला सबै क्षेत्रका प्रमुख एवं प्रतिनिधिहरुको सहभागितामा बिहीबार वीरेन्द्रनगर सुर्खेतमा आँखा स्वास्थ्य रणनीति सार्वजनिक गरेको हो । उक्त कार्यक्रम प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले यो आँखा स्वास्थ्य रणनीति निर्माण हुनु ठूलो उपलब्धिको विषय भएको बताउनुभयो ।

“आँखा संवेदनशील अंग हो, बचाउन संयम हुनुपर्दछ । यसैका लागि बनेको रणनीति कार्यान्वयनमा लैजान विशेष जोड दिनुपर्दछ,” मन्त्री पोखरेलले भन्नुभयो, “रणनीतिमा समावेश गरिएका विषयवस्तुहरुमा केन्द्रित भएर काम गर्नुपर्दछ । जसले यहाँका जनताको आँखा स्वास्थ्य सेवामा उल्लेख्य भूमिका खेलोस् ।” उहाँले रणनीतिले लिएको ध्येय, लक्ष्य र उद्देश्य पुरा हुने गरी काम गर्न स्थानीय तह, प्रदेश सरकार, अर्ध सरकारी, साझेदार निकायसहित सबै सरोकारवालाहरुको उत्तिकै दायित्व रहेको बताउनुभयो ।

मन्त्रालयका सचिव भोजराज शर्मा काफ्लेले आँखा स्वास्थ्य सम्बन्धी बनेका कर्णाली प्रदेश रणनीतिले यहाँका नागरिकहरुको आँखा जोगाउन विशेष मद्दत पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “दस्ताबेज एउटा साधन हो साध्य होइन । यसलाई पूर्णता दिन हामीले प्रयोगमा ल्याउनुपर्दछ र नागरिकलाई अनुभूति हुनेगरी कार्यान्वयन गर्नुपर्दछ ।” उहाँले बृहत आँखा स्वास्थ्य सेवालाई स्वास्थ्य सेवाको मूलधारमा एकीकृत गर्दै हरेक तहबाट गुणस्तरीय एवं प्रभावकारी स्वास्थ्य उपलब्ध गराउने उद्देश्यले रणनीति तयार भएको जनाउनुभयो ।

उक्त कार्यक्रममा आँखा स्वास्थ्यको ग्लोबल, राष्ट्रिय तथा प्रादेशिक सिनारियोको बारेमा परामर्शदाता डा.अनिल सुवेदीले आफ्नो प्रस्तुति राख्नुभयो । त्यस्तै, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र सुर्खेतका निर्देशक डा.शक्तिप्रसाद सुवेदीले कर्णाली प्रदेशको आँखा स्वास्थ्य रणनीतिका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्