OnlinePana

आज : २०८१ मंसिर ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,कार्तिक १८, २०८०जुम्ला,
३१८ पटक

कात्तिक १५ गते । जाजरकोटमा केन्द्र बनाएर आएको भुकम्पले जुम्लामा पाँच जना सामान्य घाइते भएका छन् ।स्थानीय प्रशासनको प्रारम्भिक जानकारी अनुसार जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ रामिडाडालाई केन्द्र बिन्दु बनाएर भुकम्प जादा जुम्ला जिल्ला तातोपानी गाउँपालिका ३ बाहुनवाडा निवासी २६ कि सृर्जना गौतमको हातमा सामान्य चोट र निजको छोरा बर्ष ११ महिनाको आयुष गौतमको अँखामा चोट लागेको छ ।

प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेका अनुसार तातोपानी गाउँपालिका ३ निवासी बर्ष १४ को निराजन उपाध्यायको हातमा चोट लागेको, तिला गाउँपालिका ३ दानीवाडा निवासी बर्ष ११ कि सपना थापा सामान्य चोट लागेको, तातोपानी गा पा ४ हरि बहादुर खत्रीको सुतेको बेला घरको पर्खाल खस्दा निज भाग्न खोज्दा खुट्टामा चोट लागेको जानकारी दिनुभयो ।

स्थानीय प्रशासनका अनुसार तिला गा पा वडा न ३, ५ र ९ रहेका केही घरहरु तथा बिद्यालयहरु चर्केको र चन्दननाथ नगरपालिका वडा नम्बर ८ निवासी बर्ष ४६ को बिष्णु महतको तीन तले टिनले छाएको घरको एउटा कोठा भत्किएको र अरु कोठा चर्किएको छ । घाइतेहरुको उपचार सामान्य भएको हुदा घरमै प्रथामिक उपचार गरिएको र १३ महिनाको आयुस गौतमकोे स्वास्थ्य चौकीमा उपचार भैरहेका जानकारी दिनुभयो । यसैगरी जिल्लाका गाउँ गाउँबाट भुकम्पले घरहरु चर्किएका खबरहरु आएका छन् । जिल्लाका हिमा गाउँपालिका वडा नम्बर १ बड्की गाउँमा धिरबहादुर शाही, पदमबहादुर शाही, राजबहादुर शाहीको घर चर्किएको स्थानीय रुगुविना शाहीले जानकारी दिनुभयो ।

जुम्ला जिल्लाको अवस्था मानवीय क्षेति तथा कुनै ठूलो भौतिक क्षेति नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिनुभयो । उहाँले एकिन तथ्यांकका लागि प्रहरी परिचािलत गरिएको जानकारी दिनु भयो । गएराति ११ः ४८ मा जाजरकोट केन्द्रविन्दु बनाएको ६.४ म्याग्निच्यूटको भुकम्पले जुम्लामा पनि धेरै हल्लाएपछि रातभर केही मानिसहरु सड्कमा आगोवालेर जागराम पनि गरेका थिए ।

चन्दननाथ नगरपालिका ८ विष्णु महतको चर्किएको घर तस्बिर ः बिष्णु महत

 

प्रतिकृया दिनुहोस्