OnlinePana

आज : २०८१ कार्तिक १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,कार्तिक ९, २०८०जुम्ला
९३९ पटक

कात्तिक ९ गते । मार्क्सवादी ज्ञानकेन्द्रको कर्णाली प्रदेश अध्यक्षमा जयशंकर धिताल पुन निर्वाचित हुनु भएको छ ।
माक्र्सवादी ज्ञानकेन्द्रको कर्णाली प्रदेश स्तरीय भर्चुअल भेलाले जुम्लाका जयशंकर धिताललाई पुन अध्यक्षमा निर्वाचित गरेको हो । भेलाबाट उपाध्यक्षमा शैलजा बम(कालिकोटं), सचिव रविकिरण ओली सल्यान, कोषाध्यक्षमा प्रताप रोकाया (डोल्पा) सर्वसम्मत निर्वाचित भएका माक्र्सवादी ज्ञानकेन्द्रका केन्द्रीय सचिव रेशम कुमार अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सदस्यमा उत्तर बटाला (जाजरकोट), गोविन्द खड्का सदस्य (रुकुम पश्चिम), सत्य नारायाण योगी (जुम्ला), मेजबहादुर बुढा हुम्ला सहित २ सदस्य पछि थपिने गरी ११ सदस्यीय प्रदेश कमिटि गठन गरिएको छ ।

नवनिर्वाचित अध्यक्ष धितालले कम्यूनिष्टहरुमा माक्र्सवादी ज्ञानको खडेरी भईरहेको समयमा यो शिक्षा सवैका लागि आवश्यक रहेको बताउनुभयो । उहाँले संगठनलाई हिजोको सिकाई सहित थप उचाईमा पुरयाउन सवैको सहयोग आवश्यकता रहेको बताउनुभयो ।

मार्क्सवादी ज्ञानकेन्द्रका केन्द्रीय अध्यक्ष मनहरी तिमिल्सेनाको प्रमुख आथित्यितामा सम्पन्न भएको भेलामा प्रगति प्रतिवेदन कर्णालीका अध्यक्ष जयशंकर धिताल, सांगठनिक प्रतिवेदन केन्द्रीय सचिव रेशमबहादुर अधिकारीले प्रस्तुत गरि पास गरिएको थियो । उद्घाटन कार्यक्रममा केन्द्रीय अध्यक्ष तिमिल्सेनाले भेलाको सफलताको शुभकामना दिदै आगामी कार्ययोजनाको बिषयमा प्रस्तुत गर्नु भएको थियो ।

मार्क्सवादी ज्ञानकेन्द्रले  २०७७ साल फागुन १९ गते काठमाण्डौ जिल्ला अदालतमा दर्ता भई काम गदै आएको छ । ज्ञानकेन्द्रले दर्शन, राजनतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, कम्यूनिष्ट आन्दोलनको विश्व र नेपालको ईतिहास, विज्ञान र माक्र्सवाद लगायतका विधामा आधारित कक्षाहरु भौतिक रुपमा तथा अनलाईबाट कक्षा पनि निरन्तर सञ्चालन गर्दै आएको छ ।

ज्ञानकेन्द्रले भौतिक रुपमा जुम्ला, रुकुम पश्चिम, वर्दिया, वर्दिवास लगायतका जिल्लामा भौतिक रुपमा र अनलाईनबाट १६ औ चरणको कक्षा संचालन गरेको माक्र्सवादी । ज्ञानकेन्द्रले विभिन्न माक्सवादको पुस्तक परिचर्चा समेत गर्दै आएको छ । ज्ञानकेन्द्रको भेलामा कर्णालीका कृषि मन्त्री भिमप्रसाद शर्मा, जुम्लाको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल, सल्यानको दार्मा गाउन्ँपालिका अध्यक्ष मिनबहादुर केसी अरुण, वनगाड कुपिण्डे नगरपालिकाका नगरप्रमुख कर्णबहादुर बुढाथोकी, उपाध्यक्ष विश्वेश्वर कट्टेल, कार्यसमिति सचिव रेशम कुमार अधिकारी सहित अतिथिहरुको सहभािगता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्