कात्तिक ३ गते । जुम्लामा लामो समय पछि आफ्नो स्थायी संरचनामा सशस्त्र प्रहरी वल सरेको छ । शशस्त्र प्रहरी ३३ नम्बर गण जुम्लाको आफ्नो संरचना निर्माण भएपछि एक सुरक्षा टुकुटी तातोपानी गाउँपालिका वडा नम्बर ५ मा स्थानन्तरण समेत गरिएको गणपति चेतराज जोशीले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरीवल ३३ नम्बर गणले वडादशैको अवसरमा एक आफ्नै स्थायी संरचनामा सुरक्षा टुकुटी सारेको जानकारी गरेको छ । स्थायी संरचना नहुदा जुम्ला सदरमुकामका विभिन्न भाडााका घरमा शशस्त्र प्रहरी बस्न वाध्य भएको समयमा अव फराकिलो तरिकाले सेवा दिन सहज हुने भएको हो ।
२०७२ सालमा जुम्लामा स्थापना भएको शशस्त्र प्रहरी वलले तातोपानी ५ डुठ्या चौरमा २२ हजार बर्ग मिटर जग्गामा आफ्नो संरचना निर्माण गर्न सफल भएको हो । स्थानीय सरकारको पहलमा उपलब्ध गरिएको उक्त जग्गामा शशस्त्र प्रहरीले पछिल्लो समय करकट्टी सहित रु ४ करोड ५१ लाखमा भौतिक संरचना पनि निर्माण सम्पन्न भएको छ । सशस्त्र प्रहरी जुम्लाका गणपति चेतराज जोशीका अनुसार भौतिक संरचना निर्माण सहित २१ जनाको सुरक्षा टिम खटाईएको छ । उहाँका अनुसार सो लगानीमा गणपति निवास, क्वटार गार्ड कार्यालय, कार्यालय भवन, जवान व्यारेक सहितका भौतिक संरचनाहरु निर्माण गरिएका छन् ।
जुम्लामा सशस्त्र प्रहरीको आफ्नै संरचना हुदा फराकिलो तरिकाले काम सजिलो हुने भएको छ । प्रहरीले सो अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा प्रतिनिधिसभा सांसद ज्ञानबहादुर शाहीले जुम्लाको विकासमा सवै एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले सुशासन र भ्रष्टचारका विरुद्धमा सबै लाग्नुपर्ने बताउनुभयो । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले लाम्रामा सशस्त्र प्रहरीको ठूलो संरचना स्थापना हुनु जिल्लाको लागि ऐतिहासिक काम भएको बताउनुभयो । उहाँले यति ठूलो संरचना निर्माणमा समन्वय र सहयोग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले शान्ति सुरक्षा अमन चयन प्रहरीको पहिलो दायित्व भएकाले यसमा शशस्त्र प्रहरीको पनि ठूलो सहयोग रहदै आएको बताउदै जुम्लामा शान्ति सुरक्षा र विपत व्यवस्थापनमा सशस्त्र प्रहरीको ठूलो सहयोग रहेको बताउनुभयो ।
जुम्लामा पछिल्लो समय शशस्त्र प्रहरीले शान्ति सुरक्षा सहित विपत व्यवस्थापनमा ठूलो सहयोग गर्दै आईहेको समयमा जग्गा उपलब्ध गराउने स्थानीयलाई शुभकामना आदान प्रदान कार्यक्रममा शशस्त्र प्रहरीले सम्मान समेत गरेको छ ।
क्याप्सन ः सशस्त्र प्रहरीको तातोपानी लाम्रामा स्थापना भएको नयाँ व्यारेक तस्बिर नेत्र शाही जुम्ला ।