OnlinePana

आज : २०८२ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन १३, २०८०
२०८ पटक

 १३ असोज २०८०, शनिबार

वीरेन्द्रनगर नगरपालिकाबाट रानीवास जाँदै गरेको डबल क्याप बोलेरो जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।

आज राती ८ः०० बजेको समयमा वीरेन्द्रनगरदेखि चिङ्गाड गाउँपालिका २ रानीबास जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०५९६ नम्बरको गाडी वीरेन्द्रनगर नगरपालिका–४ लाँदे नजिक दुर्घटना हुँदा नौ यात्रु घाईते भएका हुन् ।

घाइते हुनेमा गाडी चालक चिङ्गाड गाउँपालिका–२ सुर्खेत निवासी २० वर्षीय कृष्ण खड्का, १५ वर्षीय इन्द्रा राना, ३३ वर्षीय मिना जिसी, उनका छोरा आठ वर्षीय केशव राना ३१ वर्षीय गङ्गा खत्री, ३३ वर्षीय नवीन खड्का, ४० वर्षीय नरबहादुर रोकाय, ्२८ वर्षीय कौशिला बस्नेत र ३३ वर्षीय नरबहादुर खड्का रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख एवम् प्रहरी निरीक्षक देवेन्द्र सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाईते हुनेमा चार जनाको अवस्था गम्भीर र बाँकी सबैको अवस्था सामान्य रहेको छ । घाइते सबैको उपचार माया नर्सिङ होममा भइरहेको छ । जीप अनियन्त्रित भएर सडकको दायाँ साइडदेखि करिब एकसय मिटर तल खसेको छ ।

प्रतिकृया दिनुहोस्