OnlinePana

आज : २०८१ मंसिर ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीभाद्र २८, २०८०जुम्ला,
८९१ पटक

भदौ २८ गते । नेकपा माओवादी केन्द्रको रुपान्तरण अभियान अन्तरगत हिमा गाउँपालिकाको माओवादी श्रममा लागेको छ ।
नेकपा माओवादी केन्द्र हिमा गाउापालिकाले कार्यविधिनै पास गरेर रुपान्तरण अभियानमा जनता सँग श्रम गर्ने गरेको छ ।

माओवादी रुपान्तरण अभियान हिमा गाउँपालिका ईन्चार्ज गोविन्द तिमिल्सेनाका अनुसार पार्टीको रुपमान्तरण अभियानमा गाउँ गाउँमा विभिन्न कार्यक्रम गरेर रुपान्तरण अभियान संचालन गरिएको छ । अहिले वडा स्तरमा, बस्ति स्तरमा टोली खटिएर श्रम लगायतका विभिन्न सामाजिक काम गर्दै आएको छ । उहाँका अनुसार हिमामा गत बर्ष विपतमा बगाएका ३ वटा काठेपुल निर्माण गर्ने योजना गरेको छ ।

जिल्लाको हिमा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले निरन्तर श्रममा जुटिरहेको वडानम्बर ३ का ईन्चार्ज तथा अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष अमरजंग शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार माओवादीले हिमा गाउँपालिकामा कार्यविधिनै संचालन गरेर श्रम, उत्पादन र विकासमा लाग्ने नितिनै बनाएको छ । यसका लागि जनता सँगै बढि केन्द्रीत बढि काम हुनेछ । कार्यविधि अनुसार महिनाको कम्तिमा ३ दिन सार्वजनिक सवालका बिषयमा श्रममा माओवादीले काम गर्नेछ । आवश्यकता परेमा सम्वन्धित गाउँले सामाजिक काममा अभियानटोलीलाई माग गर्न सक्ने हिमाको माओवादी केन्द्रले बताएकोछ ।

हिमा गाउँपालिका पालिका स्तरीय वैठक संचालन गरेर विभिन्न वडामा अभियान टोली खटाईएको छ । अभियान टोलीले पार्टीका गतिविधि सहित नागरिक सँग श्रमका काममा जोडिएर काम गर्दै आएको छ । हिमा गाउँपालिकामा गत बर्षमा आएको बर्षा पछिको भिषण पानीले बगाएको च्यूडि काठेपुल सहित विभिन्न पुलका लागि आवश्यक काठहरु अहिले जुटाउने काम भएको जनाईएको छ ।

३ महिने माओवादी पार्टी विशेष रुपान्तरण अभियान हिमा गाउँपालिकामा ईन्चार्ज गोविन्द तिमिल्सेना, वडा नम्बर १ मा कालो शाही र रतिमान नेपाली, वडा नम्बर २ मा हिमाली रोकाया, वडा नम्बर ३ मा अम्मराज शाही, वडा नम्बर ४ गोविन्द तिमल्सिेना, वडा नम्बर ५ मा अग्रबहादुर शाही, वडा नम्बर ६ मा प्रेमबहादुर रोकाया, मुढा र वडा नम्बर ७ मा कल्पना दमाई, बले रावत खटिएका छन् । हिमा गाउँपालिका सँगै जुम्लाको ८ वटै स्थानीय तहमा श्रम र सचेतना अभियानमा माओवादी केन्द्र ३ महिने रुपमान्तरण अभियान लिएर गाउँ पसेको छ ।

क्याप्सन : हिमा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले पानी बगाएर लिएको पुलको काठ तान्दै 

 

 

प्रतिकृया दिनुहोस्