OnlinePana

आज : २०८१ मंसिर ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र २२, २०८०सुर्खेत
२९८ पटक

 

२२ भदौ २०८०, शुक्रबार

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च भएमात्र जनमुखी सेवा प्रवाह हुने बताउनुभएको छ ।

२०औं निजामती सेवा दिवस २०८० को अवसरमा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले जननिर्वाचित प्रतिनिधिहरुले राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च हुनेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो । “कर्मचारीहरुलाई राजनीतिक आग्रह–पूर्वाग्रहको दृष्टिले हेरिनु हुँदैन”, मन्त्री सिंहले भन्नुभयो, “कर्मचारीहरुले पनि सेवा प्रवाह दिन कुनै कसर बाँकी राख्नु हुँदैन ।”
कुनै दलप्रति आस्था राख्न पाउने उनीहरुको ट्रेड युनियन अधिकार भएको जनाउँदै उहाँले प्रभावकारी सेवा प्रवाहका लागि कर्मचारीको मनोबल बढ्ने वातावरण बनाउन प्रदेश सरकार लागि परेको बताउनुभयो । मन्त्री सिंहले आजको दिनले कर्मचारीहरुलाई पेशाप्रति प्रतिबद्ध बन्न, सेवा प्रवाहलाई प्रभावकारी र जनमैत्री बनाउन प्रेरणा दिएको विश्वास व्यक्त गर्नुभयो ।

सेवा प्रवाहलाई सरल, सहज र चुस्त, दुरुस्त बनाउनुपर्नेमा जोड दिनुभएका उहाँले जनतालाई केन्द्रमा राखेर काम गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “आजका नागरिक सरल व्यवहार र चुस्त सेवा चाहन्छन् । सुशासन, पारदर्शिता, भ्रष्ट्राचारमुक्त समाज र झञ्झटमुक्त सेवा चाहान्छज् । यसतर्फ तपाईं हामी सबैले ध्यान दिन जरुरी छ ।” सरकार र जनताको भेट गराउने पुल निजामती क्षेत्र भएकाले यसलाई व्यवस्थित एवं समुन्नत बनाउन सबै सरोकारवाला लाग्नुपर्ने उहाँको भनाई थियो ।

सरकारी सेवा प्रवाह र राजनीतिक व्यवस्थाप्रति जनतामा देखिएको निराशा अन्त्य गर्न पनि कर्मचारीहरुलाई अत्यन्तै लगनशील एवं जिम्मेवार भएर लाग्न सुझाउनुभएका मन्त्री सिंहले समृद्ध राज्य निर्माणका लागि स्थायी सरकारको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । संघ सरकारले बिहीबार मन्त्रिपरिषद्बाट निजामती सेवा सम्बन्धमा बनेको विधेयक सदनमा पेश गर्ने गरी अगाडि बढाएको बताउँदै प्रदेश सरकारले पनि प्रदेश निजामती सेवा विधेयक सदन पेश गरी छलफलका लागि समितिमा गएको र केही समय पछि छिट्टै पारित हुने जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्