OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २२, २०८०काठमाडौं
२५९ पटक

साउन २२ गते, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका नर्सहरुले स्तनपान शिक्षा दिन शुरु गरेका छन् ।
उनिहरुले सेवामा आएका आमाहरुलाई स्तनपान शिक्षा दिन थालेका हुन् । नर्सहरुले वच्चालाई कसरी प्रभावकारी रुपमा दुध चुसादा ठिक हुन्छ सो बिषय लगायत पौष्टिक आहार र विभिन्न विषयमा शिक्षा दिदै आउने काम शुरु भएको हो ।

प्रतिष्ठानका नर्सिङ निर्देशक सविना थापाका अनुसार यस पटक स्तनपान सप्ताहको अवसरमा एक हप्ताभरी विभिन्न कामहरु गर्दै आएका छौ, उहाँले भन्नुभयो, अगष्ट १ देखी ७ सम्मको अन्तरािष्ट्रय स्तनपान सप्ताहमा प्रतिष्ठानका नर्सहरु, डाक्टर र अध्ययनरत विद्यार्थी र सेवाग्राही आमाहरुको सहभागितामा विभिन्न सचेतना कार्यक्रमहरु गरेका छौ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत नर्स तथा चिकित्सकले स्तनपान सप्ताहको अवसरमा स्तनपान शिक्षा, प्रर्दशनी, सहित विभिन्न कामहरु गरेर मनाएका छन् ।

उहाँका अनुसार अगष्ट १ मा आमाहरुलाई स्तनपान कसरी गर्ने भन्ने विषयमा स्वास्थ्य शिक्षा, अगष्ट २ मा फोकस ग्रुप छलफल, अगष्ट ४ मा स्तनपान शिक्षाको विषयमा प्रर्दशनी लगायतका कार्यक्रमहरुको सचेतना कार्यक्रम गरिएका छन् । यसैगरी सचेतना कार्यक्रममा आमाहरुलाई दुध पछि सम्म कसरी स्टोर गरेर खुवाउन सकिन्छ भन्ने सहितका स्वास्थ्य शिक्षाको सचेतना दिईएको छ । सचेतना कार्यक्रमममा नर्सिङ निर्देशक थापा सहित मिडवाफ्री अफिसर सविता खड्का सहित प्रतिष्ठानका नर्स तथा डाक्टरहरुले स्तानपान सप्ताहको अवसरमा गरिएका कार्यक्रममा सहभागिता जनाएका छन् ।

नर्सहरुले आमाहरुलाई दुध कुन तापक्रममा कसरी स्टक गर्ने भन्ने बिषयमा पनि आमाहरुलाई जानकारी गराईएको छ । अस्पतालमा जाँच गराउन आएका, सुत्केरी भएका र उपचारका लागि आएका आमाहरुलाई सप्ताहको अवसरमा अण्डा लगायतका फलफुल समेत वितरण गरिएको र समापनमा बृहत रयाली गरिने तालिका रहेको छ ।

प्रतिकृया दिनुहोस्