OnlinePana

आज : २०८२ बैशाख १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन ११, २०८०
२०३ पटक

११ साउन २०८०, बिहीबार

कर्णाली प्रदेश सरकारले यहाँका चार सय ४० पशुपालक कृषकलाई रु.६८ लाख ७३ हजार ‘हेरालो भत्ता’ दिएको छ ।

प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत आर्थिक वर्ष २०७९÷०८० मा यहाँका हिमाली चार जिल्लाका भेडा च्याङ्ग्रापालक कृषकलाई ‘हेरालो भत्ता’ उपलब्ध गरेको हो । मन्त्रालयअन्तरगत पशुपंक्षी विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक कृष्णप्रसाद पंगेनीका अनुसार ‘हेरालो भत्ता’ कार्यक्रम उच्च हिमाली जिल्ला डोल्पा, हुम्ला, मुगु र जुम्लामा लागु भएको थियो ।

उहाँले भन्नुभयो, “प्रदेश सरकारले खासगरी भेडा च्याङ्ग्रापालक किसानहरुलाई प्रति महिना रु.एक हजार पाँच सयका दरले वार्षिक रु.१८ हजार रकम उपब्लध गराएको छ । ५० भन्दा माथि भेडा च्याङ्ग्रा पालेका कृषकहरुलाई प्रोत्साहनस्वरुप प्रदेश सरकारले ‘हेरालो भत्ता’ दिएको हो । कार्यक्रम यो आर्थिक वर्षमासमेत निरन्तर रहेको बताउँदै निर्देशक पंगेनीले अहिले केही जिल्लामा ‘हेरालो भत्ता’का साथै औषधि र बन्दोबस्तीका समानहरु पनि उलब्ध गराउने सुविधा थपिएको छ ।”

निर्देशनालयले जुम्लाका दुई सय २५ कृषकलाई रु.३३ लाख वितरण गरेको छ । त्यस्तै, हुम्लाका एक सय नौ कृषकलाई रु.१५ लाख ६९ हजार, मुगुका ५३ कृषकलाई रु.दश लाख ५० हजार र डोल्पाका ५३ कृषकलाई रु नौ लाख ५४ हजार रकम प्रदान गरेको छ । प्रदेश सरकारले कृषि क्षेत्रमा युवा जनशक्तिको आकर्षण बढाउन र कृषकको जीवनयापनमा सहयोग पु¥याउने उद्देश्यसहित उक्त कार्यक्रम ल्याएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्