OnlinePana

आज : २०८१ मंसिर १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १२, २०८०सुर्खेत
१२२ पटक

१२ असार २०८०, सोमबार

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रदेशसभासमक्ष पेश गर्नुभएको ‘कर्णाली प्रदेश विनियोजन विधेयक २०८०,’ माथि भोलिदेखि मन्त्रालयगत र निकायगत छलफल सुरु हुने भएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको पन्ध्रौं बैंठकमा सभामुख नन्दा गुरुङले बुधबारदेखि विषयगत मन्त्रालय तथा निकायगतरुपमा उक्त विधेयकमाथि दफावार छलफल हुने कार्यतालिका सार्वजनिक गर्नुभएको हो । सार्वजनिक तालिका अनुसार असार १३–१४ गतेसम्म भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको बजेट तथा कार्यक्रममाथि छलफल हुने भएको छ ।

त्यसैगरी, असार १५–१६ गतेसम्म आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेशसभा सचिवालय र सामाजिक विकास मन्त्रालय, १७–१८ गतेसम्म आर्थिक मामिला तथा योजना मन्त्रालय, जलस्रोत तथा उर्जा विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको बजेट तथा कार्यक्रममाथि छलफल गरिनेछ ।

असार १९–२० गतेसम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कर्णाली प्रदेश योजना आयोग, प्रदेश लोक सेवा आयोग र मुख्यन्यायधिवक्ताको कार्यालयको बजेट तथा कार्यक्रममाथि दफावार छलफल हुने जनाउँदै सभामुख गुरुङले प्रत्येक मन्त्रालयगत र निकायगत छलफल सकिएलगत्तै छलफलमा उठेका प्रश्न तथा जिज्ञासाको जवाफ योजनामन्त्रीले दिने कार्यसूची रहेको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्