OnlinePana

आज : २०८३ जेठ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ८, २०८०जुम्ला,
४१२ पटक

असार ८ गते । जिल्ला प्रहरी कार्यालय जुम्लाले तिन जनाई प्रकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको जानकारी दिएको छ । प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार पक्राउ पर्नेमा जुम्लाको तिला गाउँपालिका–२ घर भई हाल चन्दननाथ नगपालिका–४ भारतीवाडा कोठा भाडामा बस्ने अन्दाजी वर्ष २६ का प्रकाश बोहरा, जुम्लाको कनकासुन्दरी गाउँपालिका–२ बस्ने अन्दाजी वर्ष २३ का खुम बहादुर रावत र चन्दननाथ नगपरपालिका– ५ बस्ने अन्दाजी वर्ष २२ का मनोज सुनारलाई पक्राउ गरिएको छ ।
उनिहरुलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शकांस्पद लाग्दा चेकजाँच गर्ने क्रममा लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको प्रहरी निरीक्षक धर्मराज जोशीले बताउनुभयो । उहाँका अनुसार सोधपुछको क्रममो चन्दननाथ नगपरपालिका– ५ बस्ने अन्दाजी वर्ष २२ का मनोज सुनारबाट किनेको सुनाएपछि सुनारलाई समेत पक्राउ गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी सहायक निरीक्षक कुल बहादुर रोकायको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको हो । जुम्ला यातायातको पहुँचमा जोडिए संगै लागुऔषध सेवन र कारोबार कर्ता बढ्दै गएको पाईन्छ ।

प्रतिकृया दिनुहोस्