OnlinePana

आज : २०८२ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख १२, २०८०
१७७ पटक

१२ बैशाख २०८०, मंगलबार

कर्णाली प्रदेश प्रमुख तिलक परियारले आदिवासी जनजाति आयोग राउटे समुदायलाई मूल प्रवाहमा कोसेढुंगा बनोस् भन्ने कामना गर्नुभएको छ ।

आज आयोगको प्रतिवेदन बुझ्दै कर्णाली प्रदेश प्रमुख तिलक परियारले सूचना र प्रविधिको युगमा पनि जंगली जीवन बिताईरहेको राउटेहरुको परम्परालाई संरक्षण गर्दै राज्यको मूल प्रवाहमा ल्याउनुपर्नेमा जोड दिनुभयो । प्रतिवेदनलाई प्रदेश सरकारमार्फत प्रदेशसभामा छलफलका लागि पठाइने बताउनुभयो । आदिवासी जनजाति आयोग नेपालका निम्ति महत्वपूर्ण आयोग भएको बताउँदै उहाँले संविधानको धारा २९४ (३) ले व्यवस्था गरेबमोजिम बुझाउनुपर्ने व्यवस्था अनुरुप देशका सातै प्रदेशमा एकैसाथ प्रतिवेदन बुझ्ने बुझाउने काम भएको जनाउनुभयो ।

आयोगले अपेक्षाकृत गति लिन नसकेको बताउँदै प्रदेश परियारले भन्नुभयो, “मूलतः लोपोन्मुख आदिवासी राउटे जाति यही कर्णालीमा रहेकोले ती समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन म सरकारलाई विषेश आग्रह गर्दछु ।” सबै खाले संघर्षको उपलब्धिका रुपमा नेपालको संविधान आएको, यसबाट प्राप्त अधिकारको रक्षा र त्यसलाई व्यवहारिक रुपमा प्रयोग गर्दै लैजानुपर्ने उहाँको सुझाव थियो ।

आयोगका अध्यक्ष सूर्यबहादुर गुरुङले प्रतिवेदनमा आदिवासी जनजाति अधिकार र दिगो कार्य योजना २०७९ तयार, दोस्रो र तेस्रो वार्षिक प्रतिवेदनमा विभिन्न क्षेत्रसँग सम्बन्धित सुधारका विषयहरु तीन तहका सरकारलाई सिफारिस गरिएको बताउनुभयो । आदिवासीको सहभागितामा वृद्धि गरी राष्ट्रिय विकासमा योगदान पु¥याउन नीति, कार्यक्रम र बजेटमार्फत कार्यान्वयन गर्न सिफारिस गरिएको उहाँले जनाउनुभयो ।

अध्यक्ष गुरुङका अनुसार आदिवासी जनजाति ज्ञान सम्मेलन (२०७९ मंसिर) सम्पन्न भएको, आदिवासी जनजाति अध्ययन २०७९ प्रकाशन, जनजाति नमूना साँस्कृतिक सम्पदा गाँउ छनोट, जातीय खुला–जीवन्त संग्रहालय स्थापना र सञ्चालन कार्यविधि, २०७९ नेपाल सरकारलाई सिफारिस गरिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्