OnlinePana

आज : २०८३ जेठ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १०, २०८०सुर्खेत
३४९ पटक

१० बैशाख २०८०, आइतबार

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतदेखि मुगुसम्मको ‘राईड टु रारा’ यात्रा आज प्रारम्भ भएको छ ।

त्रिवेणी एडभेन्चर्स प्रालि.तथा रोयल एन्फिऐड बुलेट बाइक स्वरुम सुर्खेतको संयोजनमा तीन दिने ‘राईड टु रारा’ यात्रा सुरु भएको हो । बुलेट बाईकको यात्रामा ३० जना राईडर्स सहभागी भएको एडभेन्चर्स प्रालि.का सञ्चालक मनराज सिम्खाडाले जानकारी दिनुभयो ।

सञ्चालक सिम्खाडाका अनुसार कर्णालीको पर्यटन प्रवद्र्धन गर्ने तथा रारा पुग्ने उत्कृष्ट राइडर्सहरुलाई दक्षिण एशियाली खेलकुदको इभेन्टमा सहभागी गराउने उद्देश्यले राखेर यात्रा प्रारम्भ गरिएको छ । उक्त कार्यक्रमका लागि रु.आठ लाख बजेट लाग्ने अनुमान गरिएको उहाँले जनाउनुभयो ।

एफिऐडका सञ्चालक उत्सव भण्डारीले बाइक राइडिङ्मा १८ वर्षमाथि उमेरकालाई मात्र सहभागी गराइएको बताउनुभयो । उहाँका अनुसार यात्रा आज कालीकोट तिलागुफा नगरपालिकासम्म हुनेछ । राइडर्सहरुसँग मेडिकल, प्राविधिक तथा फोटोग्राफ टिम हुने र त्यसको डकुमेन्ट्रीसमेत निर्माण हुने सञ्चालक भण्डारीले जनाउनुभयो । प्रतियोगिताका लागि नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषद्को सहयोग रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्