OnlinePana

आज : २०८१ कार्तिक ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख ७, २०८०सुर्खेत
२०४ पटक

७ बैशाख २०८०, बिहीबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । नेपाली काँग्रेस प्रदेशसभा दलको बैठकले मंगलबार शर्मा नेतृत्वको सरकारका पठाउन तीन मन्त्रीको नाम सिफारिस गरेपछि उहाँले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज आर्थिक मामिला तथा योजनामन्त्रीमा वेदराज सिंह, सामाजिक विकासमन्त्रीमा खड्गबहादुर पोखरेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा कृष्णकुमार बिसी र जलस्रोत तथा उर्जा विकासमन्त्रीमा उर्मिला विकलाई नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गर्नुभएको थियो ।

प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम कार्यविभाजनसहित मन्त्रिपरिषद् गठन गर्नुभएको हो । यही चैत्र २५ गते नेकपा एमालेका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल र सामाजिक विकासमन्त्री टेकराज पछाईले सरकारबाट राजीनामा दिएपछि रिक्त रहेका मन्त्रालयमा काँग्रेसले तीन मन्त्रीको नाम सिफारिस गरेको थियो ।

योजनामन्त्री सिंह जाजरकोट प्रदेशसभा (१) उद्योगमन्त्री बिसी, दैलेख क्षेत्र नं.१(१) र सामाजिक विकासमन्त्री पोखरेले सुर्खेत क्षेत्र नं.१(१) र उर्जामन्त्री विक डोल्पाबाट समानुपातिक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

प्रतिकृया दिनुहोस्