OnlinePana

आज : २०८१ मंसिर १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख ४, २०८०सुर्खेत
३२३ पटक

 

४ बैशाख २०८०, सोमबार

कर्णाली प्रदेश सरकारले विसं.२०८० सालका लागि ६ दिन सार्वजनिक विदा दिने गरी प्रदेश राजपत्रमा सूचना प्रकाशन गरेको छ ।

प्रदेश सरकारको विसं.२०७९ चैत २९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार यहाँ दश जिल्लामा लागु हुने गरी सार्वजनिक विदाको सूचना गरेको हो । राजपत्रमा प्रकाशित सूचना अनुसार असार १५ गते जुम्ला बाहेक नौ जिल्ला र जुम्लामा चैत १२ गते राष्ट्रिय धान दिवसको अवसरमा विदा दिने गरी राजपत्रमा सूचना गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव ध्रुव घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार साउन १ गते साउने संक्रान्ति तथा देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना तथा सहिद दिवस, चैतै दशैं र राम नवमीका दिनमा सरकारले प्रदेशभरि नै विदा दिने सूचना प्रकाशन गरिएको छ । असोज कृष्ण त्रयोदशीमा जुम्ला जिल्लाका प्रादेशिक र स्थानीय तहका कार्यालयका लागि चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेलाको अवसरमा विदा दिइने सचिव घिमिरेले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्