काठमाडौं, चैत्त २८ गते । बार्सिलोनाका छ जना बोर्ड सदस्यले अध्यक्षको चुनाबको माग गर्दै राजिनामा गरेका छन् । कोरोनाभाइरस महामारीको बेला क्लब सञ्चालन र व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै उनीहरुले राजिनामा गरेका हुन् ।
संयुक्त विज्ञप्ती जारी गर्दै बोर्डका छ जना सदस्यले कोरोना संकटको बेला क्लबको आर्थिक परिचालनप्रति असन्तुष्टि जनाएका छन् । फेब्रुअरीमा सामाजिक सञ्जालमा आफ्नै खेलाडीप्रति आक्रमण गरिएको घटनामा समेत बार्सिलोनाले बचाब नगरेको भन्दै उनीहरुले आलोचना गरेका छन् । चारजना उपाध्यक्षमध्ये एमिलि रौसौद र एनरिक टम्बास तथा चारजना निर्देशकहरु सिल्भियो एलियास, जोसेप पोन्ट, जोर्डी सेल्सामिग्लिया र मारिया टैक्सिडरले राजिनामा गरेका हुन् ।
पत्रमा छ जनैले महत्वपूर्ण चुनौतीको सामना गर्न क्लबले उठाएको कदमको व्यवस्थापन उचित नरहेको निस्कर्षमा पुग्दै राजिनामा गर्न बाध्य भएको उल्लेख गरेका छन् । कोरोनाभाइरस संक्रमणको बेला बार्सिलोनाका खेलाडीको तलबमा ७० प्रतिशत कटौती गर्ने निर्णय गरेको थियो । खेलकुद गतिविधिमा सहभागी नहुने कर्मचारीको पूर्ण तलब उपलब्ध गराउने सुनिश्चित गरेको थियो ।
बार्सिलोनाले सान्ड्रो रस्सैलको राजिनामापछि सन् २०१४ मा जोसेप मारिया बार्टोमी फ्लोरेटालाई अध्यक्ष चयन गरेको थियो ।
कोरपाटी संवाददाताबैशाख २७, २०७७काठमाडौं
११५३ पटक
- अस्थायी कर्मचारी संगठनका अध्यक्ष, शक्तिको आडमा १७ वर्षदेखि एउटै कार्यालयमा
- हिमाको ओदीमा रु दुईलाख राशीको भलिवल प्रतियोगिता
- प्रभावकारी सेवा प्रवाह र राजश्व वृद्धिमा ध्यान दिन वनमन्त्री अधिकारीको निर्देशन
- जुम्ला राजासिममा घोडादौड प्रतियोगिता : तपेन्द्र रावल प्रथम
- चन्दननाथ नगरपालिकामा बिपतमा खट्ने स्वयंसेवक व्यूरो गठन
- जिल्ला प्रहरी कार्यालयद्धारा नागरिक सुनुवाई तथा शुभकामना आदान प्रदान
- खत्याड गाउँपालिकामा १० जना गाउँपालिका प्रहरी दिक्षित
- जुम्लामा ३४ औ ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाईयो
- खेल क्षेत्रले भावनात्मक एकता बढाएको छः मन्त्री भण्डारी
- शान्ति सुरक्षा सँगै समन्वयात्मक भूमिकामा जोड दिन्छु : प्रजिअ शाही