OnlinePana

आज : २०८३ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन २२, २०७९
३६० पटक

२२ फागुन २०७९, सोमबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले रंगहरुको पर्व होलीले सबै समस्त नेपालीहरुमा उमंग थपोस् भन्ने शुभकामना सन्देश दिनुभएको छ ।

मुख्यमन्त्री शर्माले ‘फागुपूर्णिमा (होली) पर्व, २०७९’ को अवसरमा आज एक सन्देश जारी गर्दै देश तथा विदेशमा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरुमा सुख, शान्ति, स्वास्थ्य र समृद्धि को शुभकामना व्यक्त गर्नुभएको छ । मानव स्वास्थ्यलाई ध्यान दिई अनुशासित एवं सभ्य भएर हर्षोल्लासका साथ होली मनाउन सबै नेपाली जनतालाई उहाँले आग्रह गर्नुभएको छ ।

हिमालदेखि तराईसम्म हर्षभावका साथ मनाइने होलीले हामीबीच भएका असमझदारी, बेमेल, कटुता एवं तिक्ततालाई समाप्त पारी मेलमिलाप, सद्भाव, शान्ति, समझदारी, भाईचारा र मानवताको सम्बन्ध काय गर्न तथा राष्ट्रिय एकता सुदृढ पार्न सबैमा प्रेरणा मिल्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ । रंगीन विशेषता बोकेको होलीले नेपाली साँस्कृतिक मौलिकतालाई बचाएर सत्य कर्म गर्न समेत यसले सन्देश दिएको उहाँको भनाई छ ।

 

प्रतिकृया दिनुहोस्