OnlinePana

आज : २०८३ बैशाख १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन १८, २०७९
४७२ पटक

जुम्ला ।  नेकपा माओवादी केन्द्रले बिस्तारित वैठक गरेको छ । माओवादी केन्द्र जुम्लाले जिल्लामा अगुवा नेता तथा कार्यकर्र्ताहरु विचको विस्तारित वैठक सम्पन्न गरेकोे हो । वैठक कर्णाली पदेश ईन्चार्ज कालिबहादुर मल्लको प्रमख आथित्यतामा, पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, जिल्ला ईन्चार्ज नरेश भण्डारी, केन्द्रिय सदस्य गोमा कुँवर, नेकपा माओवादी कर्णाली प्रदेशका अध्यक्ष विमला के.सी लगायतका नेताहरुको उपस्थितिमा भएको छ । नेताहरुले फागुन १८ गते हुने कार्यक्रममा समेत प्रशिक्षण दिनेछन ।

जिल्ला ईन्चार्ज नरेश भण्डारीका अनुसार पार्टीको जिल्लाको स्थिति र बर्तमान राजनैतिक अवस्था सहितको समिक्षा वैठकमा भएको छ । वैठकमा जिल्लाका आठवटै तहका पार्टी अध्यक्षहरुले पालिकाको पार्टीको अवस्था, चुनौति, समस्या तथा सुझावहरु राखेका छन् ।
वैठकमा माओवादी केन्द्रले गरेको केन्द्रीय र प्रदेश स्तरका वैठकको निश्कर्ष सहितको परिपत्र पढेर सुनाईएको छ । यसैगरी वैठकमा अगुवा नेता कार्यकर्ताको सुझाव सहित समिक्षा गरिएको छ ।

यसैगरी माओवादी केन्द्रको आयोजनामा फागुन १८ गते विकास र समृद्धिका लागि पार्टी सुदृढिकरण अभियान, समृद्ध जुम्लाका लागि सुदढ र बिस्तारित माओवादी भन्ने मु्ल नारा सहित पार्टी सुदृढिकरण अभियान अभिमुखीकरण तथा शहिद परिवार र घाइतेहरूलाई अभिनन्दन कार्यक्रम गरिने भएको छ ।

प्रतिकृया दिनुहोस्