फागुन ४ गते । जुम्लामा वागेश्वरी असलशासन (वास) जिल्ला समिति गठन गरिएको छ । भिम प्रसाद उपाध्यायको संयोजकत्वमा समिति गठन गरिएको हो ।
जिल्लामा सुसासन र विकृति विरुद्धमा पैरवि गर्ने हिसावले असलशासन समिति गठन गरिएको हो । गठित समितिको सहसंयोजकमा अनिता नेपाली, उपाध्यक्षमा अनिता वुढा, सचिवमा प्रेम बिष्ट, कोषाध्यक्षमा सारदा पछाई, सहसचिवमा निरु भण्डारी रहेका छन् ।
समितिको सदस्यमा दशरथ चनारा,वसन्ति कुँवर, विक्रम तिरुवा, विरेन्द्र बुढा, तारा बिष्ट, भगवति भण्डारी, गंगा वानिया सहितको १३ सदस्य समिति रहेको छ । समितिले जिल्लाको सल्लाहकारमा नेपाल पत्रकार महासंघ, नागरिक समाज तथा आवाजलाई राखिएको छ । समितिले सुशासनका मुद्दामा अव निरन्तर काम गर्ने अध्यक्ष उपाध्यायले जानकारी दिनुभयो । समितिका सहसंयोजक तथा प्रदेश सदस्य अनिता नेपालीले सुशासमा आवाज उठाउने काम अव समितिको निरन्तर हुने बताउनु भयो ।