OnlinePana

आज : २०८२ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ १९, २०७९
४३५ पटक

१९ माघ २०७९, बिहीबार

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले नागरिक अनुभूति हुने गरी सेवा प्रवाह गर्ने बताउनुभएको छ ।

सुर्खेतका पत्रकारहरुसँगका आज वीरेन्द्रनगरमा भएको भेटघाट कार्यक्रममा बोल्दै उहाँले नागरिकको सेवा सुविधाका लागि निःस्वार्थ ढंगबाट कर्तव्य पालना गर्ने जनाउनुभयो । “नागरिकको हितमा हुने सेवा प्रवाहका लागि कार्यालयको कार्यसम्पादन सक्षमता र प्रभावकारिता दुवै सुदृढ गर्छौं,” प्रमुख जिल्ला अधिकारी सापकोटाले भन्नुभयो, “यसमा पत्रकार जगत्को सकरात्मक भूमिका आवश्यक छ ।”

सुर्खेतमा चूनौतिका रुपमा देखापरेको लागुऔषध तथा अन्य सामाजिक अपराधमा संलग्नहरुलाई कानूनी दायरामा ल्याउन कुनैपनि कसर बाँकी नराख्ने उहाँले बताउनुभयो । कानूनको परिधिमा रहेर पत्रकारहरुलाई सूचना प्राप्तिमा सहज बनाउने भन्दै प्रजिअ सापकोटाले पत्रकारहरुलाई सत्य तथ्य समाचार सम्प्रेण गरी नागरिकहरुको अधिकार रक्षाका लागि सहयोग पु¥याउन आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले प्रशासन र पत्रकारहरुबीच आपसी समन्वय र सहकार्य हुन सकेमात्र अपेक्षित प्रतिफल प्राप्त हुने बताउनुभयो । प्रकाश नपुगेको ठाउँमा पत्रकार पुग्ने प्रतिक्रिया दिनुभएका प्रजिअ सापकोटाले प्रशासन र प्रेसबीच सम्बन्ध र सहकाय नहुँदा समाजमा अफवाह र भ्रम फैलिने भन्दै यहाँको शान्ति, सुरक्षा, अमनचयन र सुव्यवस्था कायममा निष्ठापूर्वक काम गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्