OnlinePana

आज : २०८१ मंसिर ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाही बैशाख २५, २०७७ सुर्खेत
९३२ पटक

सुर्खेत, २५ बैशाख २०७७ : वर्षातसँगै आएको आज बिहानको हावाहुरीले सुर्खेतको हर्रेस्थित रेडियो नेपाल र नेपाल टेलिभिजनको टावरमा क्षति पुगेको छ ।
हुरीले रेडियो नेपालको एफ.एफ रिले स्टेशन र टेलिभिजन दुवैको टावर भाँचेको हर्रेस्थित एफएम रिले स्टेशनमा कार्यरत प्राविधिक मोहन केसीले जानकारी दिनुभयो । “जोडले चलेको हुरी बतासले रेडियो र टेलिभिजन दुवैको टावर ढलेर एन्टेना भाँचिएको छ,” प्राविधिक केसीले भन्नुभयो, “कार्यालय भवनकै छतमा टावर ढल्दा भवनमा समेत क्षति पुगेको छ ।”
त्यसबाट कुनै मानवीय क्षति भने नभएको उहाँले जनाउनुभयो । रेडियो एन्टेना भाँच्चिएपछि फ्रिक्वेन्सी मोडुलेसन १०० मेगाहर्जको प्रसारण अवरुद्ध भएको रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्रका प्रमुख जानकीशरण साहले जानकारी दिनुभयो । उहाँका अनुसार यो रिले स्टेशन प्रसारण सेवाबाट बाँके, बर्दिया, सल्यान, जाजरकोट र सुर्खेत प्रभावित भएका छन् ।
“बन्दाबन्दीका कारण क्षेतिग्रस्त ठाउँमा पुग्न सकिएको छैन,” केन्द्र प्रमुख साहले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट सवारी अनुमति लिएर भोलि ईलाका प्रहरी कार्यालय छिन्चुको सुर्खेतको सहयोगमा क्षति एकिन गरिने छ ।” हुरी बतासले क्षतिग्रस्त टावर बनाउन केही समय लाग्ने भएपनि सेवाग्रहीका लागि हाललाई मिडिएम वेभ ५७६ किलो हर्ज सुर्खेतबाट प्रसारण सेवा नियमित भईरहेको उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्